मुलुक ७० किसिमका औषधिमा आत्मनिर्भर, उत्पादनमा यस्ता छन् समस्या



Download our app to get more features

काठमाडौं, २० फागुन । नेपाली उपभोक्ता समक्ष बाहिरी मुलुकबाट ल्याउने औषधिको भन्दा नेपाली कम्पनीले गुणस्तरीय औषधि दिनसक्ने औषधि उद्योगीहरु बताउँछन् ।

नेपालमा खपत हुने औषधिको ४० प्रतिशत  नेपाली कम्पनीको र ६० प्रतिशत विदेशबाट आयात भइरहेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष दिपकप्रसाद दाहालले जानकारी दिए ।

अध्यक्ष दाहालका अनुसार ७० भन्दा बढी किसिमका औषधिमा नेपाल आत्मनिर्भर भइसकेको छ । उनले नेपालमै आत्मनिर्भर भइसकेको औषधिको कच्चा पदार्थ मात्रै बाहिरबाट ल्याउनुपर्ने बताए । 

‘नेपालमै आत्मनिर्भर भएका औषधि विदेशबाट ल्याउन आवश्यक छैन’ अध्यक्ष दाहालले भने ‘तर, औषधिमा अझै आत्मनिर्भरता बढाउन सरकारले औषधि उत्पादनमा सहज वातावरण सृजना गर्नुपर्छ ।’

‘भारतमै १० देखी १२ प्रतिशत गुणस्तरहीन औषधि उत्पादन हुने हुँदा भारतबाट आयत गरिएका औषधी कति गुणस्तरीय होलान्, तर पनि हामी पाएसम्म भारतीय औषधि प्रयोग गर्न खोज्छौं’, उनले भने ।

उनले नेपालमा उत्पादीत औषधि भारत पठाउँन खोज्दा अप्रत्यक्ष रुपमा भारतले अवरोध गर्दै आएको समेत बताए ।

अध्यक्ष दाहालले भने ‘भारतले नेपालको औषधि नभित्राउने नभनेता पनि करिब ९ महिना प्रक्रिया गर्न नै लगाउँछ, सो समयसम्म औषधिको मिति सकिसक्छ ।’ ‘यस्तो गरिनु नन डाइरेक्ट ब्यारियर नै हो’ उनले थपे ।

नेपाल औषधिमा ८० प्रतिशत आत्मनिर्भर हुन सक्ने भन्दै उनले औषधिमा उत्पादनमा भइरहेका समस्या समाधान गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।

नेपालमा उत्पादीत औषधिको गुणस्तरमा समस्या नभएको अध्यक्ष दाहालले दाबी गरे । तर, नेपालमै औषधि उत्पादन गर्नमा विशेष गरी तीनवटा समस्या रहेको उनले प्रष्टाए ।

उनले तीन महिनादेखि ४ महिनासम्म औषधि भण्डारण गर्नुपर्ने हुँदा लागनी बढ्ने एक मुख्य समस्या रहेको बताए । उनकाअनुसार सरकारले सस्तोमा लोनको व्यवस्था गर्न जरुरत छ । 

अध्यक्ष दहाल भन्छन्, ‘सरकारले चाहेमा तुरुन्तै समाधान हुने समस्या छन् ।’

‘भारतबाट लेराइने कच्चापदार्थमा १ प्रतिशत कर लगाइन्छ’, उनले भने ‘तर नेपालमै उत्पादित औषधि खरिद गर्दा महंगो तिर्नुपर्छ, यो अर्को समस्या हो ।’

अध्यक्ष दहालले गुणस्तरयुक्त औषधि उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउँछौं भन्दा त्यसमा सरकारले सहजता दिनुको विपरीत महंगो कर लगाउने गरेको आरोप लगाए ।

भारतबाट लेराइने औषधिमा नभएर नेपालमै खरिद गरिने सामानको कर छुट गर्नुपर्ने अध्यक्ष दहालको भनाई छ ।

उनले नेपालमा कच्चा पदार्थ निती पनि पुरानै रहेको बताउँदै यससम्बन्धित निती परिमार्जन गर्न आवश्यक रहेको स्पष्ट पारे ।

‘समय परिवर्तनसँगै निती नियम पनि परिवर्तन हुन जरुरत छ, तर, सरकारले २०६४ मा तोकिएको औषधीको मूल्य हालसम्म बढाउन सकेको छैन’ अध्यक्ष दहालले भने । ‘अझै औषधिको मूल्य महंगो लिएको भन्दै उल्टै आरोप लगाइन्छ’, उनले थपे ।

उनकाअनुसार चीन विश्वको ४० प्रतिशत औषधिको कच्चा पर्दाथ उत्पादन गर्ने देश हो, जसमा भारत समेत ८५ प्रतिशत निर्भर छ ।

साथै औषधीमा नेपाल जस्तै रहेको वंगलादेश पछिल्लो समय ९८ प्रतिशत औषधिमा आत्मनिर्भर भइसकेको छ । सोहीकारण अब चाडै नेपाललाई पनि औषधिमा आत्मनिर्भर बनाउन सबै सकारात्मक भएर लाग्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए ।

महंगो भएता पनि स्वदेशी समानलाई नै प्राथमिकता दिनुपर्ने बताउँछन्, उनी ।

‘मुलुकमै सहज वातारण भए स्वदेशी लगानीकर्ता नै बढ्ने बताउँदै उनले भने ‘हाल ३० औषधि उद्योग दर्ता भइसकेका छन्, जसमा १२ ओटा अर्को वर्ष नै संचालनमा आउँछन् ।’

यसरी स्वदेशी लगानीकर्ता बढेपछि मुलुकको पैसा बाहिर नजाने र आर्थिक हिसाबले मुलुक बलियो हुने उनले प्रष्टाए । तर, उद्योग दर्ता गर्नु पूर्व सरकारले तालिमको व्यवस्था गर्नुपर्ने अध्यक्ष दहाल बताउँछन् ।

यससँगै उनले महंगो नै भएता पनि नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

औषधि उत्पादनमा करिब २५ अर्बको लगानी भएको बताउँदै उनले हाल ३० हजारले प्रत्यक्ष रोजगार पाइरहेको बताए ।  

 

Last modified on 2019-03-06 06:10:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts