कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुखाइ व्यवस्थापन तालीम



Download our app to get more features

सिञ्जा, २० फागुन । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)का चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अति दुखाइ व्यवस्थापन तालीम प्रदान गरिएको छ । 

दूरदराजमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले अत्यावश्यक दुखाइ व्यवस्थापन तालीम नपाउँदा उपचारमा समस्या हुने भएकाले पहिलोपटक सो तालीम आयोजना गरिएको हो । 

दुखाइ कम गर्ने औषधि प्रयोग र ‘साइड इफेक्ट’ बारे जानकारी गराइएको उल्लेख गर्दै अस्पतालका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले भने, “यो तालीम लिएपछि चिकित्सक तथा स्वास्थ्यकर्मी दुखाइ व्यवस्थापनमा बेग्लै उपाय अपनाउन सकिनेबारे यहाँका स्वास्थ्यकर्मी ढुक्क भएका छन् ।” 

विगतमा यो तालीम लिनकै लागि राजधानी काठमाडाँै धाउनुपथ्र्यो, त्यो अवसर दुर्गमका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मिल्दैनथ्यो । “अहिले जुम्लामै विज्ञ टोलीबाट तालीम लिनपाउँदा निकै खुशी छौँ । अस्पतालमा बालबालिका, बूढाबूढी, युवायुवती सबै दुखाइका कारण ग्रस्त देखिन्छ”, मेडिकल डाइरेक्टर रोकायाले भने, “अब दुखाइ व्यवस्थापन गर्न समयस्या हुने छैन ।” 

तालीम दिन काठमाडौँबाट डा रेणु गुरुङ, बिनिता आचार्य र दीपेश धिताल जुम्ला पुगेका थिए । तालीममा उक्त प्रतिष्ठानका ३० चिकित्सक र स्टाफ नर्स एवं स्वास्थ्य सहायक गरी ३० जना सहभागी थिए । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts