शिवरात्रीमा मेडीसिटीको स्वास्थ्य शिविर, आजपनि जारी रहने



Download our app to get more features

काठमाडौं, २१ फागुन । शिवात्रीको अवसरमा नेपाल मेडीसिटी अस्पतालले स्वास्थ्य शिविर आयोजना गरेको । 

शिवरात्रीमा देश तथा विदेशबाट लाखौको संख्यामा भक्तजन आउने र भीडभाड रहने भएकाले स्वास्थ्य शिविर आयोजना गरिएको हो । 

नेपाल मेडीसिटी अस्पतालले उच्चस्तरीय मोबाइल क्लिनीक भ्यान सहितको निःशुल्क उपचार गरेको छ । लाखौको संख्यामा दर्शनार्थी उपस्थित हुने काठमाडौंको पशुपति क्षेत्रमा आएका श्रद्धालुहरुमा पानी तथा ग्लुकोजको मात्रा कम देखिएको थियो ।

शिविरमा करिब ३ सयभन्दा बढि व्यक्तिको स्वास्थ्य जाँच गरिएको नेपाल मेडीसिटीको मेडिकल टोलीले जनाएको छ ।

पशुपतिनाथ मन्दिरमा शिवरात्रीको अघि र पछि पनि मानिसको भीड रहने भएकाले अस्पतालले आजपनि शिविर सञ्चालन गरिने नेपाल मेडीसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिएका छन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts