पृथ्वीचन्द्र अस्पतालमा सुधार भएसँगै बिरामीको चाप बढ्यो



Download our app to get more features

नवलपरासी, २१ फागुन । पश्चिम नवलपरासीमा रहेको पृथ्वीचन्द्र अस्पतालमा पछिल्लो समय सुधार आएको छ । 

अस्पतालमा सुधार आएसँगै बिरामीहरुको चाप पनि वढ्दै गइरहेको छ । जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर रायको अध्यक्षतामा बनेको तदर्थ समितिको सक्रियता र प्रदेश सरकारको सहयोगमा अस्पतालमा निकै सुधारहरु देखिएका हुन् । 

अस्पतालमा सेवा सुविधाहरु बढ्दै जाँदा नवलपरासी, रुपन्देहि र भारतबाट समेत बिरामीहरु सेवा लिन आउने गरेका छन् । 

५२ जानाको दरबन्धी रहेको अस्पतालमा पहिला जटिलताका सेवाहरु, गाइनो र अप्रेशनको सेवा राम्रो नभएको हुदाँ सोवा दिन नसकीएको र हाल आएर अस्पतालमा ग्याइनोलोजिष्ट, अर्थेपेजिष्ट सर्जन, र एमजिडिपि लगाएतको टिम बाट सेवा विस्तार भैरहेको हुदाँ विरामिहरुको चापपनि बढ्दै गइरहेको अस्पतालका सुपरीटेन्डेन्ट डाक्टर अन्नतकुमार शर्माको भनाई छ ।

आफु अस्पतालको अध्यक्ष हुनु भन्दा पहिला अस्पतालमा आउदा कुनै सेवा पाउन नसकेको र विशेषज्ञहरु नभएको कारणले विरामीहरु बुटवल र भैरहवा रिफर हुनु पर्ने बाध्यता छ । पृथ्वीचन्द्र अस्पतालका अध्यक्ष शिवशंकर रायले बताउनुभयो ।  तर्दथ समितिको गठन पश्चात अस्पतालमा रहेको रिफर सेन्टर नै हटाउने सोचका साथ सवै सेवा सुविधा यहि अस्पतालबाटै दिइने छ । 

अस्पतालमा ५० बिरामी शय्या भएतापनि बिरामिको चाप बढेकाले  बेड नपुगेको र गर्मि समयमा बिरामिको चाप झनै बढ्ने हुदा कसरी विरामीहरुलाई वेड व्यावस्थापन गर्ने भन्ने चिन्ता अस्पताल व्यवस्थापनले लिएको छ । 

अस्पतालमा अहिले विशेषज्ञ डाक्टरहरु छन् । ल्यावहरु पनि राम्रो संग संचालनमा आएका छन् । 

हाल अस्पतालले स्त्री तथा प्रसुती, हाड जोर्नी तथा नसा र जनरल प्रोक्टिनर सेवा प्रदान गर्दै आइरहेको छ । यो संगै अस्पतालले चौविसै घण्टा आकस्मिक सेवा पनि प्रदान गर्दै आईरहेको छ । जसले गर्दा अपस्तालप्रतिको विश्वनियता बढ्दै गइरहेको छ । 

Last modified on 2019-03-06 06:10:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts