ॐ समाज डेन्टलको स्वास्थ्य शिविरः एम्बुलेन्समै राखेर उपचार



Download our app to get more features

काठमाडौं, २१ फागुन । ॐ समाज डेन्टल हस्पिटलले एम्बुलेन्समै सेवा सञ्चालन गरेको छ ।

शिवरात्रीको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा ओम समाजले आयोजना गरेको निः शुल्क दन्त शिविरमा एम्बुुलेन्समै श्रद्धालुुहरुको उपचार गरिएको हो ।

दन्तरोग विषेशज्ञ सहितको टोली र आधुनिक सुविधा सम्पन्न एम्बुलेन्समा दन्त रोग सँग सम्बन्धित बिरामीको उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ ।

शिविरमा पशुपतिनाथको दर्शन गर्न आएका श्रद्धालुहरुमध्ये ५ सय जनाको डा.सुवास घिमिरे र उनका टोलीले सेवा प्रदान गरेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts