पूर्व मुमाबडामहारानी रत्न नर्भिक अस्पतालमा भर्ना



Download our app to get more features


काठमाडौं, २१ फागुन ।  पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई बिरामी भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । 

उनलाई ज्वरो तथा पखालाको समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको अस्पतालका मिडिया संयोजक आरपी मैनालीले जानकारी दिए । शाहको उपचार भैरहेको छ ।

गत एक सातादेखि  उनी रुघा, खोकी लगायतका कारण अस्वस्थ थिइन् । 

९१ बर्षीय मुमा वडा महारानीलाई खोकी लाग्ने, कफ आउन गाह्रो हुने समस्या देखिएपछि खोकीको औषधी चलाइएको अस्पतालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।  

जारी विज्ञप्ति उल्लेख छ ‘हाल उहाँलाई पातलो दिशाहुने र पिसाब कमहुने समस्या पनि देखिएको हुँदा हस्पिटलमा भर्ना गरी औषधोपचार गराउनुे परेकोले आजै साँझ मुमा वडामहारानीलाई नर्भिकमा भर्ना गरिएको हो ।’

मुमा वडामहारानीको विस्तृत स्वस्थ्य जाँच सुरु गरिसकिएको र उनलाई डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार सुरु गरिएको छ ।

बडामहारानी शाह तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् । 

Last modified on 2019-03-06 12:13:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts