प्रधानमन्त्री ओली एकाबिहानै अस्पतालमा



Download our app to get more features

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा स्वास्थ्य परिक्षणको लागि बुधबार बिहान पुगेका हुन् ।  

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुपर्ने भएपनि समय नमिलेकाले त्रिवि शिक्षण अस्पताल गएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । उनले भने, अस्पताल भर्ना भएको भन्दा पनि नियमित चेकजाँचका लागि आउनु भएको हो । दिनभर जस्तो लाग्छ होला ।’ डा. अर्यालले स्वास्थ्य जाँचका लागि अस्पताल आएपनि कति समय बस्नुपर्ने भन्नेचाँहि यकिन भैइ नसकेको बताए ।

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिब्या सिंहसहितको टोलीले चेकजाँच गर्नेछ ।

Last modified on 2019-03-07 06:49:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts