प्रधानमन्त्री अस्पतालमा, यस्तो छ स्वास्थ्य अवस्था...



Download our app to get more features

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान नियमित स्वास्थ्य परिक्षणका लागि मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा पुगेका छन् ।

सेन्टरले प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ । सेन्टरको विज्ञप्ति अनुसार अाेलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नियमित परीक्षणका लागि अस्पताल पुगेको प्रम ओलीको केहि थप परिक्षण गर्नु उपयुत्त भएकोले उनलाई अब्जरभेसनमा राखिएको सेन्टरले जानकारी दिएको छ । प्रमको उपचार प्रा.डा. अरुण सायमीको संयोजकत्वमा भइरहेको छ ।

Last modified on 2019-03-07 06:49:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts