विद्यार्थीबाट आवश्यक्ता भन्दा बढि शुल्क लिएको भन्दै जीएमसीका सीईओ र परीक्षा नियन्त्रक पक्राउ



Download our app to get more features

पोखरा, २३ फागुन । विद्यार्थीहरुबाट आवश्यक्ताभन्दा बढि शुल्क लिएको आरोपमा प्रहरीले गण्डकी मेडिकल कलेजका कार्यकारी अधिकृत (सीईओ) र परीक्षा नियन्त्रकलाई पक्राउ परेका छन् ।

गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुसँग ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा कलेजका सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् ।

सरकारले तोकेभन्दा बढी रकम असुलेको भन्दै उजुरी परेपछि जिप्रकाले बुधबार नै कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सरकारले उपत्यकाबाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ तोकेको छ । तर, कलेजले विद्यार्थीबाट थप १५ लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ । यो रकम व्यक्तिगत खातामा जम्मा गराउने गरिएको र रकम तिरेको भौचर समेत नदिइएको विद्यार्थीहरुको गुनासो छ ।

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी ३४ दिनदेखि आन्दोलनमा छन् । आन्दोलनकै कारण माघ २२ गतेदेखि ओपिडीमा र कक्षाकोठामा ताला लागेको छ ।

Last modified on 2019-03-09 07:00:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts