कुन–कुन औषधि आयातमा रोक लगाउँदै छ सरकार ? (सूचिसहित)



Download our app to get more features

काठमाडौं, २३ फागुन ।  सरकारले नेपाल आत्मनिर्भर भइसकेका औषधिहरुको आयातमा रोक लगाउने तयारी गरेको छ ।

नेपालमा पूर्णरुपमा उत्पादन भएर गुणस्तरमा शुनिश्चितता भइसकेका औषधि आयातमा रोक लगाउन लागिएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए । 

उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा लामो समयपछि बसेको औषधि परामर्श समितिको बैठकले एक महिनाअघि नै नेपालमै आत्मनिर्भर भएका औषधि आयातमा रोक लगाउने प्रस्ताव पास गरी मन्त्रीपरिषद्मा पठाउने निणर्य गरेको महानिर्देशक ढकालले बताए । 

सोही निर्णयअनुसार नेपालमा उत्पादन भएका गुणस्तरमा सुनिश्चिता भएका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्न पाउने गरी रोक लगाउने प्रस्ताव स्वास्थ्य मन्त्रालयले फाइल गरी मन्त्रिपरिषद्मा पठाउन तयारी गरेको ढकालको भनाइ छ । 

महानिर्देशक ढकालले भने ‘अब यो काम स्वास्थ्य मन्त्रालयको हो, मन्त्रालयले पनि एकैपटक गर्नसक्ने काम होइन, विभिन्न गृहकार्य गर्नुपर्ने हुँदा मन्त्रालय त्यसकै तयारीमा छ ।’ 

कति किसिमका औषधी आयातमा रोक लगाईदैं छ त भन्ने प्रश्नमा ढकालले थपे,  ‘वस्तुगत नै भन्न सकिदैंन, कतिपय औषधि आत्मनिर्भर हुनेक्रममा छन्, यसकारण आत्मनिर्भर भइसकेका २० किसिमका औषधी आयतामा भने रोक लगाउने गरी प्रस्ताव पेस गरिएको छ ।’ 

नेपालमै  उत्पादन भएर कुनैपनि अवस्थामा अभाव नहुने औषधीकोे आयातमा रोक गर्न लागिएको उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताउँदै आएका छन् । 

भर्खरै सम्पन्न  फर्मा एण्ड हेल्थ एक्सपोको दोस्रो दिन पनि मन्त्री यादवले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्न यस्तो नीति लिइएको दावी गरे ।   

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकार सधैं तत्पर रहेको भन्दै मन्त्री यादवले भने ‘औषधी उत्पादनमा मात्र नभएर कच्चा पदार्थ उत्पादनमा पनि जोड दिनुपर्छ ।’

यस अघि पनि नेपालमा नै पुर्ण रुपमा उत्पादन भएर आत्मानिर्भर भएका ३० किसिमका औषधिहरुको कच्चा पदार्थ मात्र आयात गर्ने नीति गगन थापा स्वास्थ्यमन्त्री रहँदा स्वास्थ्य मन्त्रालयाबट पास भई मन्त्रीपरिषद्मा पुगेको थियो । मन्त्रीपरिषद्मा गएको उक्त प्रस्ताव लामो समय अनिर्णयमा रह्यो ।

नेपालमै आत्मनिर्भर भएका ३० किसिमका औषधि रोक लगाउने तयारीमा सरकार रहेको छ ।

आयात प्रतिवन्ध लगाउन खोजेका औषधिमा जुकाको औषधि अल्वेण्डाजोल, एन्टीवायोटीक एमोक्सासीलिन र एजिथ्रोमाइसिन, झाडापखालाको लागि प्रयोग हुने मेट्रोनिडाजोल र पुर्नजलीय झोल, ग्यास्ट्रीक हुँदा प्रयोग हुने ओम्नीप्राजोल, पेन्टाप्राजोल र रेनिटिडीन लगायत छन् । 

यसैगरी, भिटामीन, कफसिरफ, इन्जाइमका औषधीहरु, ज्वरो, रुघाखोकी, दुखाइ कम गर्ने, छालाको रोग सम्बन्धी औषधी जसमा नेपाल आत्मानिर्भर भइसकेको विभागको सिफारीसमा उल्लेख छ । 

सरकारले ति औषधि उत्पादनको लागि चाहिने कच्चापदार्थ मात्र आयात गर्नका लागी प्रस्ताव मन्त्रीपरिषदमा लगेको हो । 


विदेशबाट आयात रोक लगाउन प्रस्ताव गरिएका औषधिहरु यसप्रकार छन् । 
१. एल्बेन्डाजोल
२. एमोक्सिलिन
३. एजिथ्रोमाइसिन
४. ट्रिमेथोरपिम
५. मेट्रोनिडाजोल
६. एन्टासिड
७. ओम्नीप्राजोल
८. पेन्टाप्राजोल 
९. रेनिटिडीन
१०. भिटामीन
११. प्यारासिटामोल
१२. कफसिरफ
१३. इन्जाइम
१४. राइड्रेसन
१५. आइबुप्रोफेन
१६. सेट्रिजिन
१७. इन्डोमेथासिन
१९. डिक्लोफेन्याक
२०. टिनिडाजोल
२०. अल्बेन्डाजोल, भेट
२१. अक्सिक्लोनाजाइड, भेट
२२. लेभामिसोल, भेट
२३. प्यारासिटामोल, भेट
२४. अक्सिटेट्रयासाइक्लिन, भेट
२५. कालामाइन लोसन
२६. क्याल्सियम कार्वोनेट
२७. जेन्सन भोइलेट
२८. निमेसुलिड
२९. ट्रामाडोल
३०. साइप्रोहेप्टाडिन

Last modified on 2019-03-09 07:00:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts