मिर्गौला दिवसको अवसरमा भेनस अस्पतालद्वारा निशुल्क परीक्षण



Download our app to get more features

काठमाडौं, २३ फागुन । मिर्गौला दिवसको अवसर पारेर भेनस अस्पतालले मिर्गौला पत्थरी भएका बिरामीहरुको निःशुल्क परीक्षण र उपचार गर्ने भएको छ । 

आउँदो फागुन २९ र ३० गते  मध्ये–वानेश्वरस्थित भेनस अस्पतालमै निःशुल्क चिकित्सकीय परीक्षण हुने भएको हो ।

मध्यान्ह् १२ बजेदेखि ३ बजेसम्म चल्ने उक्त शिविरको दिन विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । 

वरिष्ठ युरो शल्यचिकित्सकद्वारा बिना चिरफार मिनीपिसिएनएल पद्दतिद्वारा शल्यक्रिया गरिने भएको छ ।

साथै प्रोस्टेट ग्रन्थीका विरामीहरुको  लागि बिप्लर टुर्प पद्धतिबाट निःशुल्क परामर्श तथा चैत्र १ र २ गते शल्यक्रिया गरिने अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts