त्रिवि पदाधिकारी लगायतका व्यक्तिलाई तत्काल कारबाही गर्न डा. केसीको माग



Download our app to get more features

काठमाडौं, २४ फागुन । डा.गोविन्द केसीले त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गर्न माग गरेका छन् ।

डा. केसीले विहिबार प्रेस विज्ञप्ति जारी गर्दै बलजफ्ती र निषेधपूर्वक मापियाको स्वार्थमा पारित गरिएको चिकित्सा शिक्षा ऐन १५ औं सत्याग्रहको बेला भएको सम्झौता अनुसार नै संसोधन गर्न माग गरिएको छ ।

 साथै  गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाहीको पनि माग गरिएको छ ।

त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गर्न पनि विज्ञप्ति मार्फत माग गरिएको छ ।

विज्ञप्तिमा एमबीबीएस, बीडीएस र नर्सिंग लगायतका कार्यक्रमहरुमा अरबौंको कालो बजारी गर्ने निजी मेडिकल कलेजहरुमाथि  तत्काल कानुन बमोजिम कडा कारवाही, कलेजको ठगी र आर्थिक अपराधका प्रमाणसहित आन्दोलनमा उत्रेका गण्डही मेडिकल कलेजका विद्यार्थीहरुको माग तत्काल सुनुवाइ गर्दै विद्यार्थीहरुबाट नाजायज रुपमा असुलिएको अवैध रकम तत्काल ब्याजसहित विद्यार्थीहरुलाई फिर्ता गर्न उल्लेख गरिएको छ ।

Last modified on 2019-03-09 06:59:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts