जानकी मेडिकल कलेजमा ताला, पारिश्रमिकको माग गर्दै पूर्वचिकित्सक आन्दोलनमा



Download our app to get more features

काठमाडौं, २६ फागुन । जानकी मेडिकल कलेजका पूर्वचिकित्सकले पारिश्रमिकको माग गर्दै कलेजको काउन्टरमा फेरि तालाबन्दी गरेका छन् ।

काम गर्दा पाउनुपर्ने तलबको माग गर्दै आधा दर्जन पूर्व चिकित्सकहरुले जनकपुर स्थित ब्रह्मपुरी चोकमा रहेको शाखा अस्पतालको रुपमा सञ्चालित जानकी मेडिकल शिक्षण अस्पतालको काउण्टरमा आइतबार २ घण्टा तालाबन्दी गरेका हुन् । काम गरेर छोडेको एकवर्ष वित्न लाग्दा पनि बाँकी तलब निदएकाले बाध्य भएर अस्पतालको काउण्टरमा तालाबन्दी गरेको डा. कर्मेन्द्र यादवले बताए ।

अस्पताल छाडिसकेका डा. शम्भु साह, डा.गौतम झा, डा.अस्विनी झा, डा।आशोक अधिकारी, डा।सरोज यादव लगाय झण्डै ५० भन्दा बढी कर्मचारीको लाखौं रुपैयाँ अस्पतालले दिन बाँकी रहेको चिकित्सकहरुको दावी छ । उनले आफुलाई मात्र ९ लाख ५० हजार रुपैया अस्पतालले दिन बाँकी रहेको बताए ।

अस्पताल व्यवस्थापन पक्षसंग पटक पटक बाँकी तलब दिन आग्रह गर्दापनि अटेर गरेकाले बाध्य भएर काउण्टरमा तालाबन्दी गरेको चिकित्सकहरुको भनाइ छ ।

Last modified on 2019-03-11 08:32:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts