नेपाल मनोचिकित्सक संघको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न



Download our app to get more features

काठमाडौं, २६ फागुन ।  नेपाल मनोचिकित्सक संघको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । वि.पि.को. स्वा.वि.प्रतिष्ठान धरानमा यहि मार्च ७ र ८  सम्मेलन सम्पन्न भएको हो । नेपाल, अष्ट्रेलिया, भारत लगायत्का साइक्याट्रिष्टहरु तथा मनोस्वास्थ्य क्षेत्रमा कार्यरत विशेषज्ञहरुको सहभागिता रहेको थियो । उक्त सम्मेलनमा बद्लिँदो विश्वमा मनोस्वास्थ्यका विविध आयाम भन्ने मूल मर्मलाई आत्मसात् गर्ने झण्डै ६० विषयवस्तुमा मूल मन्तव्य, सम्वन्धित विषयमा लेक्चर, कार्यशाला, गोष्ठि, शोधपत्र, पोष्टर आदिको प्रस्तुति गरिएको थियो । । 

अष्ट्रेलियाका प्रा.डा. मोहन आइज्याकले आफ्नो कि नोट स्पिचमा परिवर्तनशील संसारमा अहिलेको वर्तमानका मानसिक स्वास्थ्यका हिसाबले देखिएका चुनौती र तिनलाई सामना गर्ने उपायहरु औंल्याए । नयाँ दिल्लीका प्रा.डा. एस.के. खण्डेलवालले बिकासोन्मुख मुलुक, निमहान्स, बेंगलुरुका प्रा.डा. शेखर सेशाद्रीले बाल मनोस्वास्थ्य र बनारसकी प्रा.डा. इन्दिरा शर्माले महिलाप्रति हुने यौन दुर्व्यवहारले मानसिक स्वास्थ्यमा रहेका चुनौती र सामनाका बाटाहरुबारे आफ्ना धारणा व्यक्त गरे । मनोस्वास्थ्यका विविध विषयमा डा. कपिलदेव उपाध्याय, संघका अध्यक्ष डा. अरुण कुँवर, उपाध्यक्ष डा. रवि शाक्य, सचिव डा. सन्दिप सुवेदी, शैलेन्द्र अधिकारी, डा. निर्मल लामिछाने, डा. गुन्जन धोँजु, डा. बासुदेव कार्की लगायतका नेपाली विशेषज्ञको प्रस्तुति सहित् २० वटा शोधपत्र र २० पोष्टरहरु प्रदर्शन भएको सम्मेलनको आयोजक समिति, साइन्टिफिक कार्यक्रम तथा पव्लिकेशनका कन्भेनर प्रा.डा. धनरत्न शाक्यले जानकारी दिए ।

उक्त सम्मेलनमा मनोयौन समस्याबारे भारतका प्रा.डा. टि.एस.एस. राव, डा. विनित मल्होत्रा, डा. अजयन भेरुगिज लगायतका टिमले कार्यशाला राखे । नेपालका दोश्रा साइक्याट्रिष्ट डा. देशराज बहादुर कुँवरलाई लाईफटाइम एचिभमेन्ट एवार्ड दिइएको उक्त सम्मेलनमा डा. अजय रिसालको प्रकाशित शोध र डा. पवन शर्माका प्रस्तुति पुरस्कृत  भएको हो । 

सम्मेलनको आयोजक समितिका सभापति प्रा.डा. बैकुण्ठराज अधिकारीको सभापतित्वमा भएको उद्घाटन सत्रमा प्रदेश नं.१का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले यस क्षेत्रमा मनोस्वास्थ्य सेवा बिस्तारका लागि आवश्यक अस्पताल सहितको व्यवस्था गर्ने सोंच रहेको बताए । प्रतिष्ठानका परीक्षा डिन डा. श्याम थापा लगायतको मन्तव्य रहेको कार्यक्रममा सचिव डा. रिन्कु गौतमले धन्यवाद दिए । सम्मेलनको समापन कार्यक्रममा कार्यकाल पूरा गरेको डा. अरुण कुँवरको समिति र नयाँ कार्य समितिका अध्यक्ष प्रा.डा. एस.एन. प्रधान सहितको टोलीलाई आयोजकको तर्फबाट उपहार र प्रमाणपत्र बितरण भयो ।

सम्मेलनको साइन्टिफिक तथा पव्लिकेशन समितिका कन्भेनर प्र.डा. धनरत्न शाक्यको समापन मन्तव्यबाट विधिवत् समापन भएको उक्त सत्रमा प्रा.डा. शाक्यले सम्मेलनबाट बदलिँदो वर्तमानका मनोस्वास्थ्यका चुनौतीहरु सामना गर्न यस क्षेत्रमा कार्यरत् हामी नेपाली चिकित्सकहरुलाई सहयोग पुग्ने आशा व्यक्त गरे । सम्मेलनको स्मारिकाका सम्पादक समेत रहेका प्रा.डा. शाक्यले सम्मेलन सफल पार्न सहयोग गर्ने र भुमिका निभाउने सबैलाई धन्यवाद दिए ।

Last modified on 2019-03-10 16:23:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts