औषधि उत्पादन प्रक्रिया जटिलः कस्तो औषधि गुणस्तरीय ?



Download our app to get more features

काठमाडौं, २६ फागुन ।  सुरुवातदेखि प्रक्रिया पूरा गरेर एउटा जेनेरिक औषधि उत्पादन गर्न नेपालको सन्दर्भमा दुई वर्षभन्दा बढी लाग्छ ।

औषधिको उत्पादन एकैपटक सहज रुपमा नभएर धरै चरण पार गर्नुपर्ने यस क्षेत्रका विज्ञहरु बताउँछन् ।

औषधि विज्ञानका विद्यार्थी एवं लोमश फर्मास्युटिकल्स निर्देशक प्रज्वलजंग पाण्डेले औषधि उत्पादनमा उद्योग वरिपरिको वातावरणका विषयमा अत्यन्तै संवेदनशिल हुनुपर्ने  बताए ।

 यससँगै, उद्योगभित्रको संरचना, उपकरण तथा मेसिन, जनशक्ति, प्याकिङ, कच्चापदार्थ ढुवानीमा पनि अत्यन्तै गम्भीर रहनुपर्ने उनको भनाइ छ ।

औषधि उत्पादन गर्दा अन्य विषय झैं तापमान पनि सन्तुलित र आवश्यक्ता अनुसार हुनुपर्ने भन्दै पाण्डले भने ‘औषधि उत्पादन प्रक्रिया जटिल छ, यसका लागि सबै व्यवस्था भएको ‘हन्ड्रेड थाउजेन्ट क्लासको कोठा आवश्यक हुन्छ ।’

भौतिक पूर्वाधार, तापक्रमदेखि टेस्टिङ प्रविधि लगायत सबैमा पूर्ण भएको औषधि उत्पादनयोग्य कोठालाई ‘हन्ड्रेड क्लासको कोठा भनिन्छ ।

हाम्रो वरपरको वातावरणमा धरै आकारका धुलोको कण उडिरहेको हुन्छन् तर, औषधि उत्पादन हुने क्षेत्रमा बाहिरबाट कुनै कण तथा जीवाणु आएर संक्रमित नहुने व्यवस्था गरिएको हुन्छ ।

जसका लागि औषधि उत्पादन गर्ने उद्योगमा ‘एचभिएसी सिस्टम’ (हिटिङ भेन्टिलेसन एन्ड एयर कन्डिसनिक) राखिने पाण्डले बताए ।                                                    

के हो एचभिएसी सिस्टम ?
औषधि उत्पादन हुने क्षेत्रमा बाहिरको हावा फिल्टर नभई भित्र जान नदिने र भित्रको धुलो बाहिर मिसिन नदिने प्रणालीलाई एचभिएसी सिस्टम भनिन्छ ।

उद्योगको कोठा मात्र नभई कोरिडोर डिजाइनसमेत विशेष तरिकाले बनाइन्छ ।

पाण्डे भन्छन्  ‘औषधी उत्पादन हुने क्षेत्रमा बाहिरबाट कुनै कण तथा जीवाणु आएर संक्रिमित हुन नदिनु नै महत्वपूर्ण मानिन्छ ।’

यससँगै औषधि उत्पादनका लागि योग्य वातावरण भयो या भएन पुन जाँच गरिनुपर्छ ।

उनका अनुसार गणस्तरीय औषधि उत्पादनका लागि  ‘क्रस कन्टामिनेसन’ र मिक्सअप’ हुनैपर्छ, जसका लागि औषधि कारखानामा एचभिएसी सिस्टम अनिवार्य हुन्छ ।’

यसैगरी कोरिडोरबाट बहने हावा फिल्टर भएर मात्र कोठाभित्र जान्छ । जसलाई पोजेटिभ प्रेसरको करिडोर भनिन्छ । यसरी औषधि बनाउने अवधारणा विश्व स्वाथ्य संगठनले तोकेको हुन्छ । 

कस्तो औषधि गुणस्तरीय ?
निर्देशक पाण्डेका अनुसार गुणस्तरीय औषधि जुन रोग निवारणको लागि बनाइएको हो, त्यसको परिणाम देखाउन सक्ने प्रभावकारी र सुरक्षीत हुनपर्छ ।

औषधि खाएपछि त्यसले शरीरमा कति समयभित्र प्रतिक्रिया देखाउनुपर्ने हो, सोहीअनुसार सबै मिलेको हुनुपर्छ । साथै बिरामीको शरीरभित्र पुग्ने औषधि प्रभावकारी, सुरक्षीत, रोग निदान गर्न सक्ने र गुणयुक्त हुनुपर्छ ।

 ‘नेपाली औषधि विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्षम’
विकसित देशमा झैं नेपालमा पनि औषधिको गुणस्तरका विषयमा समान व्यवस्था हुने निर्देशक पाण्डे बताउँछन् । 

विश्व स्वाथ्य संगठनले तोके अनुसारको मापदण्ड लागू गरेर नेपालमा अन्तराष्ट्रियस्तरको गुणस्तरीय औषधि उत्पादन हुने उनले दावी गरे ।

संगठनले तोकेको मापदण्डअनुसार औषधि उत्पादन गर्न धेरै चरणको प्रक्रिया पार गुर्नुपर्ने हुन्छ । 

पाण्डेले थपे  ‘विश्व स्वाथ्य संगठनको मापदण्डअनुसार उत्पादन भएका नेपाली औषधि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम छ, यसमा गर्व महशुस हुन्छ ।’


 

Last modified on 2019-03-13 07:32:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts