मृगौला दिवसको अवसरमा  स्टार अस्पतालको निःशुल्क शिविर



Download our app to get more features

काठमाडौं, २७ फागुन । स्टार हस्पिटल, सानेपा ललितपुरले विश्व मृगौला दिवसको अवसरमा मृगौला रोग सम्बन्धि वृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

नयाँबजार क्लब किर्तिपुर तथा नयाँ छहारी नेपाल किर्तिपुरसंगको सहकार्यमा नयाँ बजार किर्तिपुरमा उक्त शिविर आयोजना गरिएको अस्पतालले जानकारी दियो ।

शिविरमा स्टार हस्पिटलमा कार्यरत बरिष्ठ मृगौला रोग विशेषज्ञहरु एसोसिएट प्रो. डा. लक्ष्मण प्रसाद अधिकारी र डा. अनिल पोखरेलको नेतृत्वमा अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

शिविरका अवसरमा स्वास्थ्य जाँच गराएका बिरामीहरुका लागि अस्पतालले निःशुल्क  सुगर, पिसाब तथा रगतको जाँचको व्यवस्था समेत गरेको थियो ।

शिविरमा करिब ५०० जना बिरामीले स्वास्थ्य सेवा लिएको अस्पतालको भनाई छ । 
उक्त अस्पताल अत्याधुनिक उपकरण तथा उपचार पद्दतीबाट मृगौला रोग सम्बन्धी सम्पूर्ण उपचार गर्न सक्षम रहेको अस्पतालका व्यवस्थापक हरि ढकालले जानकारी दिए ।

उनकाअनुसार  अस्पतालले आगामी दिनहरुमा पनि यस्तै किसिमका स्वास्थ्य सेवाका कार्यक्रमहरु देशका विभिन्न स्थानहरुमा समेत संचालन गर्दै लैजाने लक्ष्य लिएको छ ।

Last modified on 2019-03-11 18:36:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts