राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पारित



Download our app to get more features

कााठमाडौं, २८ फागुन । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ समस्या अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनलाई पारित गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उक्त प्रतिवेदनमाथि छलफल गर्दे पारित गर्ने निर्णय गरेको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन् । त्यस्तै बैठकले सो प्रतिवेदन सम्बन्धीत मन्त्रालयमा पठाईने र कार्यान्वयनका लागी निर्देशन दिइने उनले बताइन् ।

घर्तीले शिक्षा क्षेत्रमा देखिएका बिसंगतिलाई हटाउनका लागी पनि प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड समेत दिइन् । यस क्षेत्रमा देखिएका समस्याहरुलाई दृढतापूर्वक हल गर्न पनि उहाले सरकारको ध्यानाकर्षण गराइन् ।

यसअघि उपसमितिका संयोजक खगराज अधिकारीले आइतबारको बैठकमा समितिका सभापति जयपुरी घर्तीलाई सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो । प्रतिवेदनमा सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालन, नियमन तथा एकरुपता कायम गर्न छाता स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक ल्याउन सिफारिश गरिएको छ । 

स्थायी– करार– विकास समिति – दैनिक ज्यालादारी कर्मचारी सबैलाई पूर्ववत् व्यवस्थानुसार सेवा कायम गर्न, कार्यसम्पादन मूल्याङ्कनका आधारमा वृत्ति विकासको अवसर प्रदान गर्न र प्रतिष्ठानले वृद्धि गरेको सेवा शुल्क हटाउन पनि उपसमितिले सुझाव दिएको छ । 

प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न समितिका सदस्य एवम् पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीको संयोजकत्वमा चार सदस्यीय अध्ययन उपसमिति गठन भएको थियो ।

Last modified on 2019-03-13 07:32:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts