पूर्व मुमाबडामहारानी रत्नको स्वास्थ्यमा सुधार



Download our app to get more features

काठमाडौं, २८ फागुन  । पूर्व श्री ५ मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको नर्भिक अस्पतालले जनाएको छ । 

हप्तादिनदेखि उपचाररत मुमाबडामहारानीको स्वाथ्यमा हाल उल्लेख्य सुधार भएको उपचारमा संलग्न चिकित्सकको टोलीले जानकारी दिएको अस्पतालले जनाएको छ । 

मुमाबडामहारानी रत्नलाई बिरामी भएपछि गत मंगलबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका मिडिया संयोजक आरपी मैनालीका अनुसार उनलाई लामो समयसम्म ज्वरो तथा पखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

Last modified on 2019-03-13 07:31:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts