चिकित्सकको लापर्वाहीले बुबाको मृत्यु भएको छोराको आरोप, अस्पतालमा तनाव नियन्त्रण गर्न प्रहरी परिचालन 



Download our app to get more features

जनकपुर, २८ फागुुन । जनकपुर अञ्चल अस्पतालमा एक जना बिरामीको हृदयघातका कारण मृत्यु भएको छ । तर, बिरामीका परिवारले भने चिकित्सकको लापर्वाहीले मृत्यु भएको आरोप लगाएका छन् ।

आजै उपचारका लागि मिथिला नगरपालिका ६ का अन्दाजी ५० वर्षका रामनारयण मण्डल अस्पताल भर्ना भएका थिए । हृदयघात भएका मण्डललाई आइसीयूूमा राख्नको लागि एम्बुलेन्सबाट अस्पताल पुुर्याइएको थियो । अस्पताल पुर्याएपछि अस्पतालका डाक्टरले भने बिरामीको भर्ना पुर्जी कटाएर ल्याउनुुस अनि मात्र उपचार सुरु गर्ने भन्दै उपचार गर्न नमानेको मृतकका छोरा रमेश मण्डलले आरोप लगाएका छन् ।

टिकट काट्न जाँदा ढिलो भएकाले समयमै उपचार नहुँदा बुुबाको मृत्यु भएको छोरा रमेशले आरोप लगाएका छन् । बुवाको समयमा उपचार नगरेपछि मृत्यू भएको रिसमा मृतककका दुई छोरा रमेश मण्डल र राजाराम मण्डलले चिकित्सकमाथि आरोप लगाउँदा चिकित्सकहरुले मण्डलका दुवै छोरालाई कुटपिट गरेका छन् ।

अहिले अस्पतालमा अवस्था तनावग्रस्त बनेको छ । भिड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा तनाव भएपछि उपचार सेवा पनि प्रभावित बनेको छ । जनकपुुर अञ्चल अस्पतालमा चिकित्सकको लापर्वाहीले यसअघि पनि पटक पटक बिरामीको मृत्यु भएको भन्दै बिरामीले आरोप लगाउँदै आएका छन् ।

Last modified on 2019-03-13 10:55:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts