सूर्तिजन्य पदार्थको सेवन घटाऔं - स्वास्थ्य मन्त्रालय

What's This?


Download our app to get more features

फागुन २३, काठमाडौं । धुम्रपानका कारण अधिकांश दीर्घरोग लाग्छन् । धुम्रपान तथा सूर्तीजन्य पदार्थमा निकोटन, टार, मोनोअक्साइड, बेन्जेपाइरिन र नाइट्टोसोमाइन जस्ता ४ हजार किसिमका विषालु रासायनिक तत्वहरू रहने विशेषज्ञहरुको भनाइ छ । स्वास्थ्य मन्त्रालयले यी सबै हानिकारक तत्वबाट टाढा रहन सबैलाई अपिल गरेको छ । धुम्रपानजन्य पदार्थमा २ सय देखि ४ सय सम्म अति हानिकारक र क्यान्सर हुने प्राणघातक विषालु तत्वहरू रहने मन्त्रालयले जानकारी गराएको हो ।

त्यस्तै ६० प्रकारका हानिकारक तत्वहरू प्राणघातक हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

सूर्तिजन्य पदार्थको प्रयोग गर्दा यसैबाट हुने स्वास्थ्य समस्याहरुका कारण धेरैजसो मानिसको मृत्यु हुने मन्त्रालयले जनाएको छ । सूर्तिजन्य पदार्थमा रहेको निकोटिनको कारणले मानिसमा धुम्रपानको तथा सूर्ति सेवनको लत बस्छ । सूर्तिजन्य पदार्थको सेवनले ६० प्रतिशतभन्दा बढि दीर्घरोग लाग्न सक्ने जोखिमलाई बढाउने विशेषज्ञहरुको भनाई छ । 

Last modified on 2016-03-06 19:32:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts