भविष्यलाई चुनौति दिएर अध्ययनरत ८६ एमबीबीएस विद्यार्थीः के पुनः परीक्षा दिने वातावरण मिल्ला



Download our app to get more features

काठमाडौंं, २८ फागुन । गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरु कलेजले त्रिविले तोकेको भन्दा बढि शुल्क कलेजले लिएको भन्दै ४० दिनदेखि आन्दोलमा छन् । दवावमुलक कार्यक्रम, रिले अनसन, कलेजमा ताला लगाएतका गतिविधि गरेका विद्यार्थिहरु अहिले भने कानुनी प्रकृयामा पुगेका छन् ।

विद्यार्थिहरुले कलेज संञ्चालक खुमा अर्यालसहित कलेजका अन्य दश जना पदाधिकारी विरुद्ध ठगीको मुद्दा दर्ता गराइसेका छन । तिनिहरु मध्ये प्रहरीले कलेजका कार्यकारी अधिकृत र परीक्षा नियन्त्रकलाई पक्राउ पनि परेका छन् । गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थिहरुसंग ५३ करोडभन्दा बढि ठगी गरेको आरोपमा कलेजका सीईओ सन्तोष खनाल र परिक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् । सरकारले उपत्यकाबाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ तोकेको छ ।

तर, कलेजले विद्यार्थीबाट थप १५ लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ । यो रकम व्यक्तिगत खातामा जम्मा गराउने गरिएको र रकम तिरेको भौचर समेत नदिइएको विद्यार्थीहरुको गुनासो छ । अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी आन्दोलनमा छन् । आन्दोलनकै कारण माघ २२ गतेदेखि ओपिडीमा र कक्षाकोठामा ताला लागेको छ । पाँच बुदे माग राखी आन्दोलमा उत्रेका एमबीबीएस तेस्रो वर्षका ८६ जना विद्यार्थीले बोर्ड परीक्षा समेत दिएनन् । मंगलबार रिपोटर्स क्लबमा भएको पत्रकार सम्मेलमा बोल्दै एमबीबीएसको परीक्षा नदिएका कलेजका विद्यार्थि परिवर्तन भाटले परीक्षा दिने वातावरण मिलाइदिन सम्वन्धित निकायलाई अनुरोध गरे ।

एमबिबिएमको परीक्षा यहि फागुन १२ गते देखि २४ गतेसम्म सञ्चालन भएको थियो । उनले अब आन्दोलन कानुनी प्रकृयामा गइसकेकोले दोषीलाई प्रक्राउ गरी परिक्षा दिने वातावरण र कलेजमा अन्य कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह पनि गरे । यदि वातावरण मिलाउन सकेको अवस्थामा आफुहरुले छुटाएको परीक्षा पुनः दिन पाउने उनले बताए । कलेजले आफुलाई ठगेको प्रमाण खोजीमा राखेर कसरी परीक्षा दिने उनले भने । कलेजले भारतबाट पढ्न आउने एकजना विद्यार्थीबाट एक करोड सम्म ठगेको आरोप आरोप लगाए । कलेजमा भएका सबै कार्यक्रममा बढि शुल्क लिएको तर सेवा सुविधा भने नदिएको पनि उनले आरोप लगाए । उनले भने, 'प्रमाण सहित आउँदा पनि खै न्याय । ७७ जिल्लामा नै वारेन्ट जारी गर्दा पनि अझै दोषी प्रकाउ नपर्दा यसबाट के बुझ्ने ? आन्दोलनरत विद्यार्थिहरुले सरकारपनि डराएको हो ? गल्ती थिएन भने किन लुके ? प्रहरी प्रसाशन के गर्दैछ ?' उनले थपे, 'पढ्न भनेर आएको आन्दोलन गरेर बस्नुपर्दा दुःख लागेको छ ।'

दोषीलाई छिटो भन्दा छिटो कारबाहि गर्न र विद्यार्थीलाई परीक्षा दिने वातावरण मिलाइदिन पनि अहिले विद्यार्थिहरुले अनुरोध गरिरहेका छन् । आन्दोलनका कारण कलेजमा सञ्चालित अरु कार्यक्रमको पनि कक्षा सञ्चालन भएको छैन, त्यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानुपर्ने आन्दोलनरत विद्यार्थीको माग छ ।

Last modified on 2019-03-12 17:58:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts