औषधि भन्दै जडिबुटि खानामा मिसाएर खाँदा एकै परिवारका ५ जना बिरामी, एकको मृत्यु



Download our app to get more features

धनकुटा, २९ फागुन । औषधि भन्दै खानामा जडिबुटि मिसाएर खाएपछि धनकुटामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका ९ का ६२ वर्षीय माधव प्रधान रहेको जनाइएको छ । 

सोमबार बेलुकीको खानामा जडिबुटि मिलाएर खाएर सुतेका प्रधान राती बिरामी भएपछि मंगलबार विहान उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बेलुकीको खाना खाएपछि सुतेका प्रधान परिवारका छ जनालाई नै रिंगटा लाग्ने, बान्ता हुन थालेपछि छिमेकीले धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेका थिए । प्रधान परिवारका बिरामी परेका थप चार जनाको अहिले पनि प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । 

मृतक प्रधानले भेडेटारस्थित पाथिभारा मन्दिर दर्शन गर्न जाँदा मन्दिर छेउमा बेच्नका लागि राखिएको जडिबुटि किनेर ल्याएका थिए । जडिबुटि विषाक्त भएकाले परिवार नै बिरामी परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ र सोहि अनुसार थप अनुसन्धान गरिरहेको छ । 

बिरामी हुनेमा प्रधानका ६१ वर्षिय श्रीमती नरमाया प्रधान, ३७ वर्षिय छोरी सिमा प्रधान, ३१ वर्षिय छोरी कविता प्रधान, ३१ वर्षिय ज्वाई दिपक प्रधान र नाती ११ वर्षिय कुशल प्रधान रहेको प्रहरीले जनाएको छ ।
 

Last modified on 2019-03-14 07:11:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts