म्याद सकिएको औषधिमा पुन म्याद थपि विक्री, उद्योगमा सिलबन्दी



Download our app to get more features

विरगञ्ज, २९ फागुन । वीरगञ्जको किसान एग्रो केमिकल्स प्रालिमा जिल्ला प्रशासनद्धारा छापा मारेको छ । किसान एग्रो केमिकल्स प्रालिले म्याद सकिएको औषधिमा पुन म्याद थपि रिप्याकेजिङ गरि विक्री वितरण गरेको जिल्ला प्रशासन कार्यालयमा परेकोे उजुरीे को आधारमा छापा मारिएको हो । वीरगंज महानगरपालिका वडा नम्बर ३ एक किटनासक औषधि उत्पादन गर्ने उद्योगमा छापामारी गरी सिलबन्दी गरेको छ । 

नारायणी उपक्षेत्रिय अस्पतालको पछाडी उद्योगमा रहेको किटनाशक औषधि सो उद्योग वीरगंजका उद्योगपति श्याम कुमार तुल्स्यानले किटनाशक औषधि मगाएर रिप्याकेजिङ् गर्ने तथा म्याद सकिएको औषधि उत्पादनमा पुन म्याद थपि रिप्याकेजिङ गरि बजारमा विक्री वितरण गरेको फेला परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत उज्जवल बहादुर बस्नेतले जानकारी दिए । 

उद्योग सञ्चालन ऐन अन्तरगत उद्योग सञ्चालन नगरेकोले स्थानिय प्रशासनमा परेको उजुरीको आधारमा छापा मारिएको कृषि ज्ञान केन्द्र पर्साका अधिकारी सनसुख हकले बताए । सो उद्योगले बालीनाली तथा खेतमा छर्ने गुणस्तरहिन किटनाशक औषधी उत्पादन गर्ने गरेको, बाहिरबाट किटनाशक औषधि मगाएर रिप्याकेगिङ् गर्ने तथा म्याद सकिएको उत्पादनमा फेरी म्याद थपि बजारमा विक्री वितरण गरि अनियमितता गरेको समेत भेटिएको हकले दावी गरे । 

छापामारी टोलीमा वाणिज्य कार्यालय वीरगंज, आन्तरिक राजस्व कार्यालय बीरगंज, कृषि ज्ञान केन्द्र पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधिको सहभागिता रहेको थियो । उद्योगी श्याम तुल्स्यानले किसान एग्रो केमिकल्स प्रालि वीरगंज २४ रामगढवामा संचालित रहेको र एउटै नामबाट दुई वटा उद्योग सचालन गरी राजस्व छलि गरेको भेटिएपछि प्रशासनले छापामारी उद्योग सिलबन्दी गरेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts