वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको अनियमितता छानविन गर्न अख्तियारमा सिफारिश



Download our app to get more features

काठमाडौं, फागुन २९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले गरेको अनियमितता छानविन गर्न अखितयार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ।

रौनियारले बिगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा बिस्तृत छानविन गरी कारवाहीका लागि आयोगमा पठाइएको मन्त्रालयले जानकारी दिएको छ । अनियमितता छानविन गर्न गठन भएका दुईवटा समितिका आधारमा उपप्रधानमन्त्रीस्तरीय निर्णयबाट मंगलबार भएको निणर्य अनुसार बुधबार अनुसन्धानका लागि आयोगमा पत्र पठाएको मन्त्रालयले जनाएको छ ।

अनियमितता तथा घोटालाका सम्बन्धमा प्रतिष्ठानका रौनियारले सम्पादन गरेका अनियमित कार्यहरुको छानविन गरि बनाइएकाे प्रतिवेदनसमेत अख्तियारलाई पेश गरिएको छ ।

Last modified on 2019-03-14 09:26:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts