विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा किड्नी फाउन्डेशनको प्रभातफेरि



Download our app to get more features

काठमाडौं, ३० फागुन । आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदैछ । 

दिवसको अवसरमा नेपाल किड्नी फाउन्डेशनले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको प्रमुख अतिथिमा प्रभातफेरि निकालेको छ । “सबैका लागि स्वस्थ मिर्गौला” मूल नाराका साथ दरवार मार्गबाट सुरु भएको प्रभातफेरि भृकुटिमण्डपमा आएर समापन भएको थियो ।

प्रभातफेरिमा सहभागि मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले पछिल्लो समय नेपाल सहित विश्वभर नै मिर्गौला रोगीको संख्या बढ्दै गएको बताए । मिर्गौला रोगको मुखय कारण रक्तचाप र मधुमेह प्रमुख कारण भएको उनको भनाई छ । 

डा.बस्नेतले मिर्गौला रोगबाट जोगिनका लागि स्वस्थ खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने बताए । 
 

Last modified on 2019-03-14 13:58:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts