विश्व मिर्गौला दिवस

मृत्युको छैटौं कारण मिर्गौला रोगः वर्षेनी थपिन्छन् १० लाख बिरामी



Download our app to get more features

काठमाडौं, ३० फागुन । आज विश्व मिर्गौला  दिवस नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइदैंछ ।

‘सबैका लागि मिर्गौला , जहाँ गए पनि मिर्गौला ’ भन्ने नाराका साथ मृगौला दिवस मनाइदै छ ।

मृगौला दिवसका अवसरमा बिहीबार राजधानीलगायत विभिन्न स्थानमा चेतना मूलक प्रभातफेरी, अन्तक्र्रिया, मिर्गौला  परीक्षण लगायत कार्यक्रम आयोजना गरिएको छ ।

मृत्युको छैटौं कारण: वर्षेर्नी १० लाख मिर्गौलाका विरामी
केही वर्षयता संसारभरी नै मिर्गौला  रोगीको संख्या बढ्दै गएको विभिन्न तथ्यांकले देखाएको छ ।  मानिसको मृत्युको छैटौं कारणका रुपमा समेत मृगौला रोग देखापरेको छ । 

विश्वभर वर्षेनी ८५ करोड मानिसलाई मिर्गौला  रोग लाग्ने गरेको आंंकडा छ भने झन्डै २४ लाख मानिसले मिर्गौला रोगका कारण ज्यानगुमाउने गरेका छन् ।

नेपालमा भने वर्षेनी १० लाखभन्दा बढी व्यक्तिलाई मिर्गौला  सम्बन्धी समस्या हुने गरेको तथ्यांक छ ।

त्यसैगरी, नेपालमा वर्षेनी करिब ३ हजार मानिसको मिर्गौला  फेल हुने गरेको तथ्यांक रहेको छ ।

निःशुल्क मिर्गौला  डायलाइसिस 
नेपालमा सरकारले निःशुल्क मिर्गौला  डायलासिस र मिर्गौला प्रत्यारोपणको सुविधा दिँदै आएको छ ।

त्यस्तै, अंगप्रत्यारोपण सम्बन्धी ऐन आएसँगै मिर्गौला लगायत अंगदान र प्रत्यारोपणको व्यवस्थापनि सहजभएको छ । 

यसैगरी, मश्तिष्क मृत्यु भएकाहरुको अंग निकालेर बिरामीलाई प्रत्यारोपण गर्ने व्यवस्था पनि ऐनले गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

विश्वमा धेरै अगाडिदेखि सुरु भएपनि नेपालमा सन् २००८ देखि त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो ।

एकदशक अगाडि त्रिवि अस्पतालबाट थालनी भएको मिर्गौला प्रत्यारोपण सेवा अहिले सरकारी र निजी गरी आधादर्जन अस्पतालमा विस्तार भइसकेको निर्देशक श्रेष्ठ बताउँछन् ।

अहिलेसम्म जम्मा७ वटा अस्पतालले प्रत्यारोपण अनुमति पाएका छन् भने ६ वटाले सेवादिइरहेका छन् ।

अस्पतालहरुको तथ्याकंअनुसार सेवा संचालनको यो ११ वर्षको अवधिमा करिब १ हजार ३ सयको हाराहरीमा मिर्गौला प्रत्यारोपण भइसकेको छ ।

निर्देशक श्रेष्ठका अनुसार नेपालमा गरिएको मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएको छ ।

‘प्रत्यारोपणले गति पाउन अंगदान अभियानआवश्यक’
सरकारले वर्षेनी अर्बौ रुपियाँ मिर्गौला रोगीका लागि खर्च गर्दै आएको छ ।

निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गरिएको भएपनि यसले गति लिन नसकेकोमा निर्देशकश्रेष्ठले चिन्ता व्यक्त गरे । 

उनका अनुसार मिर्गौलादाताको अभाव, महँगो सेवा, प्रत्यारोपण पछिको महँगो औषधि खर्चलगायत कारणले मिर्गौला प्रत्यारोपणले गति लिन सकिरहेका छैन । 

डढेर जाने अंगदान गरे जीवनको आश मारिसकेका व्यक्तिले पुर्न जीवनपाउने भन्दै मिर्गौला सम्बन्धी सचेतना अभिवृद्धिमा जोड दिन निर्देशक श्रेष्ठले मरणोपरान्त अंगदानमा अभियान चलाउनुपर्ने आवश्यक्ता औंल्याए । 

निर्देशक श्रेष्ठे कानुनी रुपमा सहज भैसकेको मरणोपरान्त अंगदान सम्बन्धी विषयमा धेरै भन्दै धेरैले बुझ्न जरुरी रहेको आवश्यक्ता औंल्याए । 

Last modified on 2019-03-19 17:17:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts