नेपाल नेशनल अस्पतालले सुरु गर्यो डायलासिस सेवा, २४सै घण्टा सञ्चालन हुने



Download our app to get more features

काठमाडौं, १ चैत । राजधानीको कलंकी चोकस्थित नेपाल नेसनल अस्पतालले मृगौला दिवसको अवसरमा मार्क इन्टरनेसल किड्नी सेन्टरको उद्घाटन गरेको छ । बिहीबार मिर्गौला दिवसका अवसरमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि महानायक राजेश हमाल रहेका थिए । उक्त सेन्टरको उद्घाटन नै महानायक हमालले गरेको मिर्गौलारोग विशेषज्ञ डा। अर्चनशमशेर राणाले जानकारी दिए । 

उनका अनुसार ६ जना कल्सल्ट्यान्टको सहकार्यमा मिर्गौला रोगीका लागि उक्त ओपीडि सेवा संचालन गरिएको हो । सेन्टरमा रहने ६ मिर्गौलारोग विशेषज्ञ चिकित्सकमा कन्सल्टेन्ट डा। दिव्या सिंह शाह, डा। अर्चनशमशेर राणा, डा। सुमित आचार्य, डा। निदन श्रेष्ठ, पेडियाट्रिक नेफ्रोलोजिस्ट डा। फिरोज अजुम र डाइटिनेसन डा. मीरा शाह  छन् ।कार्यक्रमको मुख्य उद्देश्य मृर्गौलारोग लाग्नु भन्दा अगाडि नै सर्तकता अपनाउन सुझाव दिनु रहेको डा। रानाले जानकारी दिए । 

डा. रानाका अनुसार कार्यक्रममा अतिथि महानायक हमालले पनि पछिल्लो समयमा मृर्गौलाका रोगी बढीरहेको बताउँदै यो रोग लाग्नुभन्दा अगाडि नै कसरी सचेत हुन सकिन्छ भन्ने लगायतका चेतना अभिवृद्धिमा जोड दिनुपर्ने बताए । सो कार्यक्रममा  १५ वर्षदेखि निरन्तर मृर्गौलाको डाइलासिस गर्दै आएकी दिम्पि जलनलाई सम्मान गरिएको थियो ।  लामो समयदेखि डायलासिस गर्दै आइकि जलन नयाँ डायलासिस गर्ने बिरामीका लागि प्रेरणका स्रोत बन्ने भन्दै अस्पतालले सम्मान गरेको हो ।

‘स्वस्थ मिर्गौला, स्वस्थ जीवन, स्वास्थ्यका लागि जनचेतना’ नारासहित अस्पतालले उपचारमा मात्र सीमित नभएर देशका विभिन्न भागमा पुगेर मिर्गौला जोगाउन जनचेतनामूलक अभियान चलाउने योजना समेत लिएको मिर्गौलारोग विशेषज्ञ डा। राणाले बताए । सेन्टरले २४सै घण्टा डायलाइसिस सेवा प्रदान  गर्ने भएको छ ।अस्पतालले १० वटा डायलाइसिस मेसिन र ४ वटा ओपिडीकक्ष मार्फत सेवा दिने तयारी गरेको जानकारी दियो ।

Last modified on 2019-03-15 12:39:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts