अस्पतालमा पानीको व्यवस्था नहुँदा शौचालय प्रयोगमा समस्या 



Download our app to get more features

संखुवासभा, १ चैत्र । संखुवासभाको जिल्ला अस्पताल खादबारीमा पानीको व्यवस्थापन गर्न नसक्दा बिरामी मारमा परेका छन् । पर्याप्त पानीको श्रोत भएतापनि अस्पतालले व्यवस्थापन गर्न नसक्दा शौचालय प्रयोगमा समस्या भएको बिरामीहरुले बताउने गरेका छन् । 

अस्पतालको शौचालयमा जडान गरिएको धारा जिर्ण भएपछि दुई वर्ष पहिले नयाँ जडान गरिएको थियो । तर नयाँ जडान गरिएको धारामा पानी भने अझै सम्म जोडिएको छैन । महिला पुरुष दुवै बिरामीहरुलाई अस्पतालका कर्मचारीहरुले एउटै शौचालय प्रयोग गर्न लगाउने गरेका छन् । तर एउटै शौचालय प्रयोग गर्दा झन अप्ठ्यारो हुने बिरामी र बिरामीका कुरुवाहरुले बताएका छन् । 

अस्पतालका अनुसार शौचालयमा पानी जोडिएको भएता पनि बिरामी र बिरामीका कुरुवाहरुले धारा खुल्ला नै छाड्ने गरेका कारण हाल शौचालयमा पानी जोड्न नसकिएको हो । काम चलाउ सम्म पानी छ’ जिल्ला अस्पतालले भन्यो ‘त्यति साह्रै समस्या छैन् ।’ यहाँ आउने सबै जसो बिरामी र उनीहरूका आफन्तहरुले यस्तै समस्या भोग्न बाध्य छन् । जिल्ला अस्पताल खाँदबारीमा दैनिक ८० जना भन्दा बढी स्वास्थ्य जाँच गराउन आउने गरेका छन् । यसरी जिल्ला अस्पतालले नै शौचालयमा पानीको प्रयोग गर्न सिकानु पर्नेमा अस्पतालको शौचालयमा नै पानीको व्यवस्थापन नहुदाँ जिल्ला अस्पतालको सेवा प्रति प्रश्न उठ्ने गरेको छ ।

Last modified on 2019-03-15 13:43:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts