रंगेहात पक्राउ परे जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी !



Download our app to get more features

काठमाडौं, २ चैत । टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोका कार्यलय परिसरबाट २२ हजार घुस रकमसहित  पक्राउ परेका हुन् । रोकालाई शुक्रबार अख्तियारको टोलीले सेवाग्राहीसंग घुस लिँदा लिदै पक्राउ गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियारको टोलीले उनलाई सेवाग्राहीसँग २२ हजार घुसबापतको रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

अख्तियारद्वारा जारी विज्ञप्ति यस्तो छः–

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोकाले मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि नियमानुसार गर्नुपर्ने काममा बिभिन्न बरबहाना बनाइ काममा आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज नायब सुब्बा सरोज रोकाले सेवाग्राहीसँग रू.२२,०००।– (बाईस हजार) घुसबापतको रकम लिईसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ ।

प्रदीपकुमार कोइराला
सह–सचिव एवं प्रवक्ता
 

Last modified on 2019-03-17 07:26:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts