ब्लुक्रस अस्पतालले भित्र्यायो नयाँ उपकरणः इम्युनोलोजिसम्बन्धि सबै परीक्षण गरिने



Download our app to get more features

काठमाडौं, २ चैत । विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि भित्र्याएको छ ।

डाईग्नोटेक स्पोर्टको सहयकार्यमा अस्पतालले रोस कम्पनीको  इम्यिुनोलोजी सम्बन्धि रोग परिक्षण गर्ने उपकरण जडान  गरेको हो । 

अत्याधुनिक प्रविधिको उक्त उपकरणबाट इम्युनोलोजी सम्बन्धि विभिन्न परीक्षणहरु अस्पतालबाटै गरिने अस्पतालका संचालक समिति तथा कार्यकारी व्यवस्थापन समतिकिा सदस्य–सचिव रजत श्रेष्ठले जानकारी दिए ।
साथै विशेषज्ञहरुबाट विभिन्न रोगहरुको समयमा  नै पहिचान गरी बिरामीलाई सहज उपचार दिने अस्पतालको लक्ष्य छ ।

शुक्रबार उक्त उपकरणबाट के–कस्तो परीक्षण गरिन्छ लगायतका विषयमा  डाइग्नोटेक स्पोर्टका प्रमुख कार्यकारी निर्देशक सुशील थापाले प्रस्तुतिकरण समेत दिएका थिए  । 

हिमालय होटेलमा आयोजित कार्यक्रममा करिब १ सय जना चिकित्सकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम उपलब्धिमुलक भएको अस्पतालका प्रशासकीय तथा वित्तीय प्रवन्धक सतिदेवी गौतमले  जानकारी दिइन् । 

कार्यक्रममा उपस्थित चिकित्सकहरुले भने अस्पतालको थप सेवाले बिरामीहरुको उपचारमा निकै ठूलो भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts