डेढ महिनापछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला



Download our app to get more features

काठमाडौं, २ चैत । डेढ महिनापछि गण्डकी मेडिकल कलेजको ताला खुलेको छ। 

विद्यार्थीले गरेको आन्दोलनका कारण ४६ दिनदेखि कलेजमा ताला लगाइएको थियो । 

एमबिबिएस र बिडिएस अध्ययनरत विद्यार्थीसँग मनपरी रुपमा शुल्क उठाएको भन्दै  विद्यार्थीहरुले कलेजमा ताला लगाएका थिए ।

प्रहरीको रोहबरमा विद्यार्थीहरुले शनिवार कलेजमा लगाइएको ताला खोल्न सहमति जनाएका हुन् । 

लामो छलफल, अदालतको आदेश, प्रहरी र जिल्ला प्रशासनले कारबाही प्रक्रिया अघि बढाउने भएपछि विद्याथीहरु तला खोल्न सहमति भएका थिए । 

साथै विद्यार्थीको एमबिबिएसको परीक्षा चैत २१ गतदेखि हुने भएपछि उनीहरुले ताला खोल्न थप सहमत जनाएका हुन् । 

शुक्रबार नै ताला खोल्ने सहमति भएता पनि सो दिन कलेजका तर्फबाट कोही नआएपछि ताला खोलिएको थिएन ।

तर शनिबार पनि कलेजका तर्फबाट कोही पनि सहभागि नभएको एक पीडित विद्यार्थीले बताए ।

विद्यार्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ‘ अब न्यायीक फैसाला र नियमकारी नियकायको प्रतिवेदन नआउन्जेल हामीले आन्दोलन स्थगित मात्र गर्ने निर्णय गरेका छौं र आवश्यक परेको खण्डमा फेरि पनि आन्दोलका कार्यक्रम अगाडि सार्नेछौं’ । 

विज्ञप्तिद्वारा वद्याथीहरुले आफ्नो पठनपाठन परीक्षा लगायत शैक्षिक कार्यक्रहरु सुचारु गर्न र नयाँ व्यवस्थापनको पहल गर्न जोडदार माग राखेका छन् ।

सो कलेजमा १६ औं ब्याचमा एमबिबिएसमा ५३ जना विद्यार्थी अध्ययनरत छन्।

हैरौं विज्ञप्ति


 

Last modified on 2019-03-18 06:58:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts