सांस्कृति सम्पदालाई विश्व सामू चिनाउन रक्तदान कार्यक्रम गरिने



Download our app to get more features

काठमाडौं, ३ चैत । ब्लड डोनर्स एशोसिएशन नेपालले विश्व सांस्कृति सम्पदा क्षेत्रहरुमा रक्तदान कार्यक्रमलाई सञ्चालन गर्ने भएको छ ।

शनिबार काठमाडौंमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दै एशोसिएसनले नेपालका सांस्कृतिक सम्पदालाई विश्वसामू चिनाउनका लागी पनि सो क्षेत्रमा रक्तदान कार्यक्रम गर्न लागेको जनाएको छ । सो क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गर्दा रक्तदान गर्नेको सहभागीता पनि बढ्ने गरेको र यसले रगतको कमीलाई पनि पूर्ति गर्ने ब्लड डोनर्स एशोसिएशनको विश्वास छ । 

कार्यक्रममा ब्लड डोनर्स एशोसिएशनका कार्यक्रम संयोजक अनिल रत्न तुलाधरले  रक्तदाताहरुलाई पनि राज्यले अभिपे्ररित गर्नुपर्ने बताए । उनले विभिन्न ६ वटा क्षेत्रिय समितिमार्फत रक्तदानका बारेमा समन्वयात्मक भूमिका खेल्ने कार्य गरेको बताए ।

कार्यक्रममा अन्य सहभागीहरुले रक्तदानका बारेमा अभियान नै चलाएर अघि बढे मुलुकमा रगतको अभाव नहुने धारणा राखेका थिए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts