स्वास्थ्य राज्यमन्त्रीकै गाउँको स्वास्थ्य केन्द्र दयनीय अवस्थामा, ६ महिनादेखि कर्मचारीले पाएनन् तलव



Download our app to get more features

महोत्तरी, ३ चैत । स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवको निर्वाचन क्षेत्र एवं गाउँ समेत रहेको सम्सी गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र दयनीय अवस्थामा रहेको छ । 

हालै प्रसुति सेवा महिनौ पछि पुनः सुरु गरिएकोमा भवनको झ्याल ढोकाहरु टुटेको, उपकरणहरु अव्यवस्थित रहेको तथा स्वास्थ्य केन्द्र नै कोमामा पुगेको अवस्थामा छ । अस्तालले मासिक ३० देखि ४० प्रसुति गराउने गरेपनि भौतिक पुर्वाधार र सुत्केरीको स्याहारको गुणस्तरिय व्यवस्था नहुँदा सुरक्षित प्रसुतिका लागि अधिकांश महिला अन्यत्रै जानुपर्ने वाध्यता छ ।

यता ६ महिना पहिले नै स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स उपलब्ध गराएपनि चालक अभावमा एम्बुलेन्स अझै थन्केको छ । सम्सीबाट जनकपुर वा जलेश्वर स्थित अस्पतालहरु टाढा रहेको र आवश्यक परेको वेला एम्बुलेन्सको सुविधा नपाउँदा अकालमै ज्यान गुमाउने सम्भावना रहेपनि कसैको ध्यान पुगेको देखिदैन । 

यता सम्सी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुकेश कुमार चौरसियाले पुरानो व्यवस्थापन समिति विघटन भएको र नयाँ कार्यविधी अनुसार अझै गठन नभएकोले ढिलाई भएको स्विकारेका छन् । उनले हाललाई काम चलाउ चालकहरुसँग आवश्यक परेको वेला एम्बुलेन्स प्रयोगमा ल्याइने गरिएको र चाडै विज्ञापन गरि करारमा चालक नियुक्त गर्ने बताए ।

स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरुले विगत ६ महिना देखि तलब पाएका छैनन् ।

गाउँपालिकाको पहलमा स्वास्थ्य विभागबाट करिव तिन महिना पहिले एउटा म्यानुअल एक्स रे मेसिन समेत ल्याइएपनि प्राविधिक नहुदा सो समेत थन्केको छ । प्रा.स्वा.केन्द्रमा एक्स रे मेसिन संचालन गर्ने टेक्निसियनको दरबन्दी नरहेकोले प्राविधिक अभावमा मेसिन संचालनमा नआएको तर चाडै प्राविधिक करारमा राख्ने तयारी भैरहेको छ ।

गाउँपालिकाले भने स्वास्थ्य केन्द्रकै चालक, प्राविधिक वा तलव लगायतको समस्याबारे जिज्ञासा राख्दा गाउँपालिकाले चाडै समस्या समाधान गर्ने बताएपनि त्यो हालसम्म कार्यान्यवनमा आउन सकेको छैन । 

स्थानियहरुले एम्बुलेन्स भएर पनि सुविधा नपाएको र एक्स रे मेसिन भएर समेत जलेश्वर, जनकपुर र भारतमा समेत एक्स रे गराउन जानु पर्ने बाध्यता छ ।

Last modified on 2019-03-18 06:58:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts