सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा



Download our app to get more features

दाङ, ३ चैत । दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुलसी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जिल्लामा पहिलो पटक ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख चिकित्सक बाल रोग विषेशज्ञ डाक्टर किशोर खत्रीले जानकारी दिए। 

आइसियु, भेन्टिलेटर, कार्र्डियाक, इसिजीलगायत सेवासहित बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याइएको डा खत्रीले बताए । उनले अन्य एम्बुलेन्सभन्दा धेरै सेवा र सुविधा भएको तर महसुलमा भने त्यति धेरै फरक नपर्ने समेत जानकारी दिए। सुविधायुक्त एम्बुलेन्स सञ्चालन भएसगैँ गम्भीर घाइते र बिरामीलाई समयमै अस्पताल पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको सो अस्पतालले जनाएको छ । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts