उपकुलपतिबाट बर्खास्त भएका डा.रौनियारलाई यथास्थानमा काम गर्न दिन सर्वोच्चको आदेश



Download our app to get more features

काठमाडौं, ५ चैत । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट हटाउने निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले रोक लगाएको छ ।

सरकारले फागुन २६ गते प्रतिषठानका उपकुलपति डा.रौनियारलाई अनियमितता गरेको भन्दै पदबाट हटाउने निर्णय गरेकोमा सर्वोच्चले सो निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

न्यायाधिश प्रकाश राउतको एकल इजलासले डा. रौनियारलाई अर्को निर्णय नभएसम्म यथास्थितिमा राख्न आदेश दिएको हो । 

आफूलाई अन्यापूर्ण तरिकाले पदबाट बर्खास्त गरेको भन्दै डा. रौनियार सर्वोच्च पुगेका थिए ।

सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण र उपकरण लगायतका सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै डा.रौनियारलाई दोषीपछि पदबाट हटाउने निर्णय गरेको थियो ।
 

Last modified on 2019-03-20 06:18:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts