होलीको रंगले क्यान्सरदेखि प्यारालाइसीस सम्म 



Download our app to get more features

 काठमाडौं,६ चैत्र । सिन्दुर, अबिरका साथै विभिन्न सप्तरंगी रंग दलेर सुख, स्वास्थ्य, समृद्धिको कामना गर्दै होली अर्थात फागू पूर्णिमा मनाइन्छ । होलीका दहनको कथा बोकेको पर्व आधुनिक युगसम्म आइपुग्दा स्वास्थ्य दहनको उत्सव बन्दै छ ।  

वनस्पति रंङ्गहरुको स्थानमा रासायनिक रंगहरुको सम्पर्कले विभिन्न स्वास्थ्य समस्या आउन पनि सक्छन् । रासायनिक तत्वबाट रंग बनाउनु र कडा रंग निकाल्न प्रतिबन्धित पदार्थ मिलाउनुले होली जस्तो पवित्र पर्व स्वास्थ्य नाशको अग्निकुण्ड बन्दै गएको विशेषज्ञहरुको बताउँछन् ।  होलीमा उपयोग गरिने रंग, अबिर आदिमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ । त्यसैले रंग वा अबिर मुख, आँखा वा कानमा नपसोस् भनेर होसियार रहनुपर्छ । र रंगको चयन गर्दा गुणस्तरमा ध्यान दिन वरिष्ठ छाला रोग बिशेषज्ञ डा अनिलकुमार झाको सुझाब छ सस्तो सामग्रीबाट रङ्ग बनाउन पेट्रोलियम उत्पादन, डिजल इन्जिन तेल, सिसाको धुलो हाल्नाले  छाला, रगत, मृगौलाको संक्रमण हुन्छ ।

त्यस्तै कलेजो, मस्तिष्क र आँखा जस्ता कोमल अंगहरुमा नराम्रो असर पर्न सक्दछ । टाउको दुख्ने, रिंगटा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखापर्छ । घुलनशिल रंगमा प्रायः जेनशियन भायोलेट भन्ने विषाक्त तत्व मिलाइएको हुन्छ । यसले छाला चिलाउने एलर्जी हुने, फोकाफोकी आउने, छालाको रङ्ग खुइलिने, डर्माटाइटिस जस्ता समस्या निम्त्याउन सक्ने र बर्षेनी  होलीपछि छालासम्वन्धि रोग लिएर धेरै आउने गरेको वरिष्ठ छाला रोग विशेषज्ञ डा. झाले बताए । ‘होलीमा कसैकसैले प्रयोग गर्ने चाँदी जस्तो सेतो  एल्मिुनियमर ब्रोमाइडले क्यान्सर, रातो र मरक्युरी सल्फेटरले छालाको क्यान्सर,  प्यारालासिस, अन्धोपन सम्म हुन् सक्छ ।’ डा. झाले भने । त्यसैले यस्तो केमिकल प्रयोग गरेर होलीलाई धमिलो बनाउनु राम्रो नहुने बिशेषज्ञको सुझाव छ ।

रंग खेल्दा सचेत भइयो भने होलीको रौनक पनि रहिरहन्छ, रंग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्न सक्छ, कानको जाली फुट्न सक्छ रङ, अबिर, लोलाले आँखालाई सबैभन्दा बढी नोक्सान पु¥याउँछन् ।  लोलाका कारण आँखाको दृष्टि गुमेको, रङ वा अबिर आँखाभित्र गएर दृष्टि प्रभावित भएका घटना धेरै छन् । त्यसैले फागू पूर्णिमा अर्थात होलीलाई धर्म र मर्ममा बाँधिएर मनाउँदा वास्तवमा सप्तरंगी रंग झै रंगिन बन्ने निश्चित छ ।


 

Last modified on 2019-03-21 06:07:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts