इट्टाभटामा स्वास्थ्य शिविर
काठमाडौं, ७ चैत्र । भक्तपुरको इट्टाभटामा काम गर्ने महिलाको स्वास्थ्य अवस्थालाई मध्यजनर गर्दै शान्ति फाउण्डेशनले आयोजना गरेको स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा महिलाहरुको पाठेघरको क्यानसरको जाँच र उपचार सम्बन्धि जानकारी प्रदान गरिएको थियो । चैत ४ गते सम्पन्न भएको शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर हुनु पुर्बको अवस्थाको परिक्षण परिक्षण गरिएको थियो । साथै आङ खस्ने समस्या, योनरोग र एचआइभी को परिक्षण तथा नजिकैको एआरटी केन्द्र सम्म पुर्याउने लगायतका सेवाहरु दिईएको शान्ति फाउण्डेशन संस्थाको अध्यक्ष सन्जमाया तामाङले बताइन् ।
सिद्घि स्मृति मेमोरियल अस्पतालसंगको सहकार्यमा सम्पन्न भएको हो । अस्पतालको टोलीले स्वास्थ्य परिक्षण गरेको हो । शिविरमा १सय २ जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुनुपुर्वको अवस्थाको जाँच गरिएकोमा ३२ जना महिलाहरुमा पाठेघरको क्यान्सर हुनसक्ने सम्भावना देखिएकोले छ । उनीहरुलाई क्यान्सर सम्बन्धि काम गर्ने अस्पतालमा नि शुल्क परिक्षण तथा उपचार गराईने फाउण्डेशनका अध्यक्ष तामाङले बताइन् ।
शिविरमा २० जना महिलाहरुमा यौन तथा प्रजनन् अंगमा संक्रमण देखिएको र नि शुल्क उपचार गराईएको छ । १सय २५ जाना महिला तथा पुरुषहरुमा एचआइभी परिेक्षण र महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको छ । यसका साथै उपस्थित सबै सहभागीहरुलाई क्यान्सर र एचआइभी रोग सम्बन्धि जानकारी प्रदान गर्नुकासाथै आफ्नो स्वस्थ्यका निम्ती सजग रहनका निम्ती बच्ने उपायहरु सिकाइएको छ ।