पित्तथैलीमा पत्थरी भए यस्ता लक्षण देखिन्छ (भिडियोसहित)

What's This?


Download our app to get more features

पित्तथैलीको पत्थरी बेलैमा उपचार नगरे स्वास्थमा गम्भीर असर समेत पर्नसक्छ । पित्तथैलीमा कसरी पत्थरी हुन्छ ? यसबाट बच्न के गर्ने ? र समस्याको निदान कसरी गर्ने भन्ने विषयमा जनरल सर्जन डा. सागर रिमालको भनाइ यस्तो छ ।

पित्तथैली भनेको के हो ?
पित्तथैली शरीरको महत्वपूर्ण अंग हो । यो कलेजोको फेद नजिकै सानो थैली आकारको हुन्छ । पित्तथैलीले कलेजोमा बनेको पित्त भण्डारण गर्ने, पित्तलाई कडा बनाउन्को साथै खानाबाट आएको अनावश्यक चिल्लो पदार्थलाई नियन्त्रण गरी शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । 

पित्तथैलीमा लाग्ने रोग बारे धेरैजासो मानिसले सुरुवाती चरणमै आवश्यक चासो दिदैनन् । जसका कारण पछि धेरै जटिल अवस्था सृजना हुने गरेको छ ।

पित्तथैलीमा के कस्ता रोग लाग्छन् ?
पित्तथैलीमा पत्थरी (ढुंगा) बन्ने, सुन्निने, पिप जम्ने, पानी जम्ने, संक्रमण हुने, क्यान्सर हुने लगायतका समस्या बढी देखिन्छ । 

पित्तथैलीमा पत्थरी हुने कारण के के हुन् ?
पित्तथैलीमा यही कारणले पत्थरी हुन्छ भन्ने एकीन छैन् । साथै पत्थरी गराउने मुख्य कारण एकीन गर्न पनि गाह्रो हुन्छ । यसको कारण व्यक्तिपिच्छे फरक हुन्छ । तर सामान्यतया पित्तथैलीको पत्थरी गराउन कारण यस्ता छन्:

  • शरीरमा रहेका रातो रक्तकोषहरु, लवण आदि नष्ट हुँदा बनेका कणहरु लामो समय पित्तथैलीमा जम्मा हँुदा पछि गएर साह्रो हुन्छ र पत्थर बन्छ । 
  • मधुमेह, रगत सम्बन्धी समस्या, बढी तौल, चिल्लो मसलादार खानपान, रातो मासु, गर्भनिरोधक औषधि बढी खाँदा पनि पत्थरी हुन सक्छ । 

कस्ता लक्षण देखिन्छन् ?
पित्तथैलीको पत्थरी हुँदा विभिन्न लक्षण देखिन्छ । पत्थरी बनेको लामो समयसम्म पनि कुनै लक्षण नदेखिन पनि सक्छ । यद्यपि, अधिकांशलाई निम्न लक्षण देखिन्छ ः 

  • खाना अपज हुने ।
  • पेट पोल्ने, दुख्ने, घोच्ने ।
  • पेट फुले जस्तो हुने ।
  • ढाड दुख्ने ।
  • वाक् वाकी लाग्ने ।
  • क्रोनिक भइसकेको अवस्था भए शरीरको दाँया भाग दुख्ने, चलाउन गाह्रो हुने हुन्छ । 

बच्न के गर्ने ?
पित्तथैलीमा पत्थरी हुने मूख्य कारण नै एकीन नभएकाले योबाट बच्न पुर्व सावधानी अपनाउनु पर्ने यो मात्र उपाय भन्ने छैन् । तर पनि पानी प्रशस्त पिउने, स्वस्थ खाना खाने, मधुमेह, उच्च रक्तचाप लगायत समस्याबाट बच्ने, तौल नियन्त्रणमा राख्ने, नियमित स्वास्थ परीक्षण गराउने, माथिका कुनै पनि लक्षण देखिए तुरुत्न चिकित्सककोमा परीक्षण गराउने ।

कस्ता व्यक्तिलाई पित्तथैलीको पत्थरी बढी हुन्छ ?
जुनसुकै उमेर समुहका व्यक्तिमा पनि यो समस्या देखिन सक्छ । तर ४०–४५ वर्ष पार गरेका महिलामा बढी देखिन्छ । पित्तथैलीको पत्थरीको सबै भन्दा उपयुक्त उपचार पद्धती भनेकै सल्यक्रिया नै हो । सल्यक्रिया गरेर जतिसक्दो छिटो यसलाई निकाल्नु पर्छ । अन्यथा पछि क्यान्सर समेत हुनसक्छ ।  
 

Last modified on 2019-03-23 07:30:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts