अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवसः ओम समाज डेन्टलले गर्यो विशेष कार्यक्रम



Download our app to get more features

काठमाडौं, ७ चैत । अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवस २०१९ को उपलक्ष्यमा ओम समाज डेन्टलले  विशेष कार्यक्रम गर्यो । 

सो कार्यक्रममा प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी मन्त्रिपरिषद्का पुर्व अध्यक्ष  रेग्मीले मुखको स्वस्थताले नै शरिर स्वस्थ हुने बताए ।

उनले भने ‘हामीले मुख दॉतको कारण धेरै रोगहरु निम्ताएका छौं, त्यसैले अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवसको दिन मुखलाई स्वस्थ बनाउने प्रतिबद्धता ब्यक्त गरौं ।’

कार्यक्रमका आयोजक डक्टर सुभाष घिमिरेले मुखलाई स्वस्थ राख्ने हो भने ९० प्रतिशत रोग त्यहिबाट  निर्मूल हुने बताए ।

आयोजक डा घिमिरेले भने ‘हामीले खाएको कुरा मुखबाट नै जान्छ, त्यसकारण स्वास्थ्य राम्रो बनाउन मुख र दाँतलाई बिशेष ख़्याल राख्नु पर्दछ ।’


 
आध्यात्मिक रुपमा पनि मुख असाध्यै महत्वपुर्ण अंग रहेको उनले स्पष्ट पारे । 

 शरीरको मुख्यद्वार मुखलाई बिशेष महत्व दिएर अन्तर्राष्ट्रिय रुपमा यसको दिवस मनाईएको आयोजक घिमिरेले बताए । 

आयोजकका अनुसार कार्यक्रममा लेखक पत्रकार डक्टर ईन्जिनियर विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिको उपस्थिती रहेको  थियो । 

सो कार्यक्रमपछि राखिएको अर्को कार्यक्रममा प्रमुख अतथि खिलराज रेग्मीले नेपालमै पहिले डेन्टल मोवाईल भ्यानको उदघाटन समेत गरे । 

प्रमुख अतिथी खिलराज रेग्मीको दाँतको  उपचार गरेर सो सेवा उद्घाटन गरिएको आयोजकले बतायो । 

Last modified on 2019-03-21 19:52:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts