विश्व पानी दिवस

पानी पिउनाले यस्तो फाइदा 



Download our app to get more features

काठमाडौं, ८ चैत । पानी सहकारिताको अन्तर्राष्ट्रिय वर्षको उपनामले सम्बोधन गरेर हरेक वर्षझैं यो वर्ष पनि विश्व पानी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।
प्रत्येक वर्ष पानी दिवस मार्च २२ कै दिन विश्वभर मनाइन्छ । 

विश्वमै जलस्रोतको धनि मानिएको ब्राजिलको रियो द जेनेरियोमा सन् १९९२मा राष्टसंघिय वातावरण तथा विकास सम्मेलन भएको थियो ।
उक्त सम्मेलनले प्रत्येक वर्ष विश्व पानि दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । 

सो प्रस्ताव राष्ट्र संघ साधारणसभाले अनुमोदन गर्याे  र प्रत्येक वर्ष मार्च २२ मा विश्व पानि दिवस मनाउने निर्णय गर्यो । 

सोही समयदेखि मार्च २२ का दिन  विश्व पानि दिवस दिवस मनाउन थालिएको हो  । 

संयुक्त राष्ट्र संघले पानी महत्वबारे आमजनतामा जनचेतना जगाउन यो अभियानको सुरुवात गरेको हो ।

 जसमा पानीका स्रोतहरुको संरक्षण, सम्वद्र्धन र दिगो विकासका लागि आम मानिसले बुझ्न जरुरी रहेको छ ।

 विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगीन नै पानी हो। मानव शरीरमा  पानिले ६० देखि ७० प्रतिशत हिस्सा ओगटेको हुन्छ । 

हाडमामा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेसीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पूर्ण शरीरमा करिब ७० प्रतिशत पानीको मात्रा छ।पानी विभिन्न जैव रासायनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलीय माध्यम उपलब्ध गराउनेदेखि यस्ता क्रियाहरुमा  पनि संलग्न हुन्छ । 

यससँगै विभिन्न तत्वहरुको परिवहन गर्ने, गराउने, रक्तचाप तथा शरीरको तापक्रम नियन्त्रण गर्ने, विषाक्त पदार्थहरुको निष्काशनमा सहयोग पु¥याउने काम पनि पानीले नै गर्छ।

एउटा वयस्क पुरुषको शरीरमा ५५ देखि ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखि ६० प्रतिशत पानी हुन्छ । शारीरिक पानीको दुई तिहाइ हिस्सा कोषहरुभित्र हुन्छ भने एक तिहाइ हिस्सा रगत र कोषहरुको वरिपरिको खाली ठाउँमा  

शरीरमा पानीको सन्तुलन बनाइराख्नका लागि लगभग दैनिक ३ देखि ५ लिटर पानी आवश्यक पर्ने डा हेमराज कोइराला बताउँछन् ।

 ‘जसमध्ये ७ सय मिलि पानी खानाको माध्यम भएर प्रवेश गर्छ भने ३ सय मिलि पानी शरीरभित्रै उत्पन्न हुन्छ। बाँकी पानीको पूर्ति पानी पिएर नै गर्नुपर्छ’, उनी भन्छन् । 

पानी पिउनुका यस्ता छन्, फाइदा

१. उपापचयी क्रियापश्चात् जम्मा भएको युरिया, युरिक एसिड, क्रियाटिनिन जस्ता विषाक्त तत्वहरु, सोडियम, पोटासियम, क्याल्सियम, फसफोरस जस्ता इलेक्ट्रोलाइट (नुन) हरु र अन्य उत्पादलाई निष्काशन गरी रक्त शुद्धीकरणमा सहयोग पुर्याउँछ । 

२. शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रणमा सहयोग पुर्याउँछ । 


३. छालाको सौन्दर्यलाई जिवन्त राख्छ।

४. मांसपेसी तथा स्नायु कोषहरुको कार्यक्षमतालाई सूचारु राख्न मद्दत गर्छ भने कोषहरुमा हुने अक्सिडेटिभ स्टे«स निवारण गर्न सहयोग गर्छ। 

५. तिख्रा लाग्नुभन्दा अगाडि नै  पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने, कमल पित्त, मिर्गौला तथा पित्तथैलीको पथ्थरी, मोटोपन, जोर्नी दुख्ने, अपच, अनिद्रा एसिडिटी, ग्यास्ट्रिक, अल्सर, कब्जियत, अर्स, मधुमेह, चायाँ, पोतो, डन्डिफोर, महिनावारी गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बढ्ने–घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ। 

५ .पाचन, अवशोषण र मल निष्काशनमा पानीको ठूलो भूमिका छ। पाचनपश्चात् आन्द्राहरुमा जम्मा भएका विशाक्त तत्वहरुलाई निकाल्नको लागि पनि पानीको आवश्यकता पर्छ। 

कति पिउने?
 

व्यक्तिको कार्य प्रकृति र मौसमका आधारमा पानीको मात्राको निर्धारण हुन्छ ।

सामान्य काम गर्ने मान्छेले दैनिक ३ देखि ४ लिटर पिउनु जरुरी छ। अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरुले हरेक १०० क्यालोरीको दहनका लागि १०० मिलि अतिरिक्त पानी पिउनु जरुरी छ।  

सामान्यतयाः पुरुषभन्दा महिलाको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाले धेरै पानी पिउनु आवश्य हुन्छ ।

साथै सन्तान उत्पादन गर्ने उमेर समूहका, गर्भिणी, बच्चालाई दूध चुसाइरहेका महिलालाई झन् धेरै पानी पिउनु आवश्यक छ। 

Last modified on 2019-03-23 07:32:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts