शिक्षामन्त्री पोखरेल डिस्चार्ज



Download our app to get more features

काठमाडौं, १० चैत । तीन दिनको अस्पताल बसाई पछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल घर फर्केका छन् ।

स्वास्थ्यमा क्रमिक रुपमा सुधार हँदै गएपछि डाक्टरहरुले उनलाई घरमै आराम गर्न भन्दै डिस्चार्ज गरेका हुन् ।

केहि दिन अत्ति आवश्यक काम बाहेक घरमा आराम गर्न डाक्टरको सुझावपछि उनी घर फर्केको उनका नीजि सचिवालयले जनाएको छ ।

‘फुड प्वाइजेनिङ’ लगायत स्वास्थ्य समस्या देखिएपछि उनी पाटन अस्पतालमा भर्ना भएका थिए ।

डा. दिनेश चन्द्र पोखरेल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.भरत कुमार यादव लगायतको टोलीले मन्त्री पोखरेलको उपचार गरिरहेको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts