नेपालका नर्स र चिकित्सकले परिवार सहित जापान जान पाउने 



Download our app to get more features

काठमाडौं, ११ चैत । नेपाल र जापानबीच भएको बहुप्रतिक्षित सम्झौताले नेपाली चिकित्सक र नर्सलाई विशिष्ठ कामदारका रुपमा जापान जाने बाटो खुलेको छ ।

 राजधानीमा सोमबार भएको दुईदेशीय प्रतिनिधिबीचको सम्झौता अनुसार विशिष्ठ सीपमूलक कामदारमा चिकित्सक र नर्सलाई वर्गीकरण गरिएको हो । सम्झौता अनुरुप जापानले नेपालबाट दुई वर्गका कामदार लैजाने छ । जसअनुसार चिकित्सक, नर्स लगायत सीपमूलक जनशक्तिलाई एसएसडब्लु (स्पेसिफाईड स्किल वर्कर) आई आई अर्थात पहिलो वर्गमा राखिएको हो । उनीहरुले आफुसँगै आफ्नो परिवारलाई पनि जापान लैजान सक्ने छन् । उनीहरुले जापान गइसकेपछि आफ्नो सीपका आधारमा रोजगारदाता परिवर्तन पनि गर्नसक्नेछन् ।  

आउँदो अप्रिलदेखि सुरु हुने प्रकृयामा भाषा सिकेर चिकित्सक र नर्स जापान जानसक्ने छन् । उनीहरुले जापानमा रहेर जापानी नागरिक सरहकै सेव सुविधा पाउने पनि सम्झौतामा उल्लेख छ । राजधानीको होटल हिमालयमा श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा नेपाली र जापानी प्रतिनिधि मण्डलले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

Last modified on 2019-03-26 14:24:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts