प्रदेश ५ का सामाजिक विकास मन्त्री भन्छन्ः पूर्वी रुकुमलाई एम्बुलेन्स किन्छौं 



Download our app to get more features

बुटवल, ११ चैत । लायन्स क्लव अफ बुटवल स्टार्सले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई मेडिकल सामाग्रीहरु हस्तान्तरण गरेको छ । प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको हो । 

अस्पताललाई एउटा अटो बायोमेस्टीक एनलाईजर, एउटा हेमोटोलोजी एनलाईजर, कोगुलो मिटर एनलाईजर, अनलाई युपिस लगायतका करिब २५ लाख बराबरको प्राविधिक सामाग्री सहायता गरिएको हो । मेशिनहरुको प्रयोगबाट रगत जाँचको नतिजा उत्तिबेलै निकाल्न सकिने अस्पतालले जनाएको छ । 

सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री बरालले बिज्ञान प्रबिधिको प्रयोगसँगै प्रदेश तथा सरकारका सबैजसो सरकारी अस्पतालहरुलाई बढि भन्दा बढि प्रविधियुक्त बनाउने योजनामा लागिरहेको बताएका छन् । उनले सबै अहिले प्रयोग भईरहेका प्राबिधिक सामाग्रीहरु पुराना भईसकेकोले यसबाट स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि नहुने बताए । 

अध्ययन पश्चात बिदेश जाँदा जनशक्ति अभाव भईरहेको बताउँदै उनले अहिले अत्याधुनिक उपकरणको प्रयोगसंगै अस्पतालले प्रदान गर्ने सेवा सहज, सुलभ र सरल हुने विश्वास व्यक्त गरे । प्रादेशिक अस्पतालहरुको समस्याको लागि मन्त्रालय र सरकारको तर्फबाट उच्च प्राथमिकता दिएको बाउँदै मन्त्री बरालले केही खरिदसँगै सम्बन्धित कानुनी बाधाहरु बजेटको अभाव नभएको पनि जिकिर गरे । उनले प्रदेश सरकारसँग स्वास्थ्यको लागि पर्याप्त बजेट भएको पनि दावी गरे । 

उनले प्रदेशका अन्य जिल्ला तथा क्षेत्रमा अस्पताल तथा स्वास्थ्यको पहुँच पुगेको बताउँदै प्रदेश ५ को पूर्वी रुकुममा अस्पताल नभएको बताउँदै उक्त जिल्लामा समेत स्वास्थ्य सेवाको पहुँच पु¥याउनको लागि पहल गरिएको बताए ।

जिल्लामा एउटा पनि नभएको एम्बुलेन्स पनि प्रदेश सरकारले किनेर पठाउन लागेको मन्त्री बरालले बताए । उनले डक्टर, नर्स तथा बिशेषज्ञको टोली पनि अब जिल्लामा पठाउने दाबी गरे । साथै अस्पताल निर्माणको लागि पनि आवश्यक पहल भईरहेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु कृष्ण खनालले बिभिन्न संघ संस्थाले गर्ने सहयोगले अस्पतालको प्राबिधिक गुणस्तरमा वृद्धि भएको बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts