देशैभरका स्वास्थ्य संस्थामा सुत्केरी भत्ता अभाव, अर्थमन्त्रालय गुहार्दै स्वास्थ्य मन्त्रालय



Download our app to get more features

काठमाडौं, १२ चैत । सरकारले सुत्केरीलाई दिने गरेको भत्ता देशैभरको स्वास्थ्य संस्थामा अभाव भएको छ ।

सरकारले यसवर्षदेखि सुत्केरी भत्ता दोब्बर गर्ने भनेपनि रकम अभावका कारण भत्ता वितरणमा समस्या भएको हो । 

७ सय ५३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहको स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने महिलालाई रकम उपलब्ध गराउन समस्या भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले चालु आर्थिक वर्षदेखि सुत्केरी भत्ता दोब्बर पार्ने भनिएपनि बजेट विनियोजन गर्दा पुरानै बजेट निकाशा गर्दा सुत्केरीलाई दोब्बर भत्ता उपलब्ध गराउन समस्या भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले हाम्रो डाक्टरसँग कुराकानी गर्दै बजेट अभाव भएको जानकारी अर्थ मन्त्रालयमा गराइएको बताए । 
उनले भने, ‘अर्थ मन्त्रालयले सुत्केरी भत्ताका लागि बजेट निकाशा गर्दा पुरानै रकम पठाएको हुनाले रकम अभाव भएको हो । तर, अर्थले चाँडै दोब्बर भत्ताका लागि बजेट निकाशा गर्नेछ ।’
अर्थ मन्त्रालयले भने सुत्केरी भत्ताका लागि स्वास्थ्यले जानकारी गराएपनि अहिलेसम्म यस विषयमा कुनै निर्णय हुन नसकेको जनाएको छ ।

Last modified on 2019-03-26 14:25:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts