डाक्टरले श्रीमतीलाई कुटपिट गरेपछि...



Download our app to get more features

पर्सा, १२ चैत । नारायाणी अस्पतालमा कार्यरत एकजना डाक्टरले श्रीमतीलाई कुटपिट गरेको आरोप लागेको छ ।

मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवमाथि जेठी श्रीमती सुनिता यादवलाई निर्घात कुटपिट गरेको आरोप लागेको हो । 

गत बुधबार राति नै डा. यादवले वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जमा सुनितालाई निर्घात कुटपिट गरेको माइती पक्षले आरोप लगाएका छन् । छोरीमाथि कुटपिट भएको जानकारी माइती पक्षले विहीबार मात्रै पाएका थिए । अचेत अवस्थामा रहेकी सुनिताको अहिले गण्डक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

बिहे भएको १८ वर्षमा पनि जेठी श्रीमतीबाट सन्तान नभएपछि यादवले केहि वर्षअघि दोस्रो विवाह गरेका थिए । माइती पक्षका नुसार बहुविवाह गरेपछि जेठी श्रीमतीलाई राम्रोसँग पालन पोषण गर्ने लिखित प्रतिबद्धता डा.यादवले जनाएका थिए ।

सुनितालाई अंश दिनुपर्छ भनेर डा. यादवले पुख्र्यौली सम्पत्ति मध्ये १० धुर मात्रै आफ्नो नाममा राखेको सुनिताका ठूलो बुवाको छोरा आनन्द प्रसाद यादवको भनाई छ ।

डा यादवलाई कारबाहीको माग गर्दै सुनिताको माइलो भाइ मनोहरप्रसाद यादवले प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले उजुरीका आधारमा डा.यादवलाई नियन्त्रणमा लिएको छ ।

Last modified on 2019-03-26 14:25:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts