उपचार खर्चको नाममा राज्यकोषमा पहुँचवालाको रजाईँ, यसरी बाँडियो १२ करोड



Download our app to get more features

काठमाडौं, १२ चैत । आर्थिक अनुशासन र सरकारी खर्चमा मितव्ययिता अपनाउने आफ्नै नीतिको ठाडो उल्लंघन गर्दै सरकारले एकै महिनामा नेता तथा कार्यकर्तालाई आर्थिक सहायताको नाममा १२ करोड रुपैयाँ भन्दा धेरै बाँडेको छ । फागुन महिनामा मात्रै १२ करोड १० लाख रुपैयाँ विभिन्न व्यक्तिको उपचार खर्च र अन्य आर्थिक सहायतामा खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यत्ति धेरै रकम मन्त्रीपरिषद बैठकमार्फत् निर्णय गराउदै कार्यकर्ता पोस्नेगरी विभिन्न मन्त्रालयमार्फत राज्यकोषको ढुकुटीबाट बाँडिएको हो ।

उपचार खर्चको नाउमा धेरैजसो रकम गृहमन्त्रालय मार्फत निकासा तथा रकमान्तर भएको छ । अर्थमन्त्रालयले सार्वजनीक गरेको फागुन महिनाको खर्च सूची हेर्ने हो भने सरकारले भने प्रचलित नियम मिच्दै आफ्ना नेता तथा कार्यकर्तालाई रकम वितरण विरतण गरेको स्पष्ट देखिन्छ । सरकारबाट आर्थिक सहायता तथा औषधि उपचारका नाममा ठूलो रकम लिनेमा राजनीतिक दलका साधारण कार्यकर्तादेखि ठुला नेतासम्म छन् । केही कार्यकर्तालाई भने मन्त्रीको सचिवालयमा खर्च गर्न भन्दै ठुलो रकम रकम दिईएको छ । फागुन महिनामा खर्च भएको १२ करोड रुपैयामा अधिकाश नेता तथा कार्यकर्ताको उपचार, विदेश भ्रमण र मन्त्री तथा स्वकिय सचिवालयको खर्च शिर्षकमा देखिन्छन् ।

माघ २५ गतेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार गृहमनत्रालय मातहतबाट ४२ लाख ८० हजार रुपैया खर्च भएको छ । एकै व्यक्तिलाई ३ लाख रुपैयादेखि ६ लाख ८० हजार रुपैयासम्म वितरण भएको देखिन्छ । यस्तै स्वास्थ तथा जनसख्या मन्त्रालय मातहत उपचार खर्च भन्दै एकै व्यक्तिलाई ६ लाख २० हजार रुपैया निकासा गरिएको छ । यस्तै माघ ३ गतेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार गृहमन्त्रालयले उपचार खर्च बापत २१ लाख रुपैया बाँडेको छ । सबैभन्दा बढी पुर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युष्ट पार्टी नेकपाका नेता भरतमोहन अधिकारीको उपचारमा खर्च सहायता गरिएको जनाईएको छ । यस्तै गृह मन्त्रालयकै प्रस्तावमा फागुन ११ गते मन्त्रीपरिषद बैठककले स्विकृत गरी २७ लाख रुपैया वितरण गरिएको छ ।

दोस्रो जनआन्दोलनपछि बनेका सबैजसो सरकारले नेता कार्यकर्ताको नाउमा फजुल खर्च गरेका थिए । गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल (दुईपटक), माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र केपी ओली, शेरबहादुर देउवाका पालामा समेत यसरी मनपरी खर्चलाई प्राथमिता दिइएको थियो । नियम मिचेर ठूलो रकम आफ्ना नेता तथा कार्यकर्तालाई आर्थिक सहायता र उपचार खर्चका नाममा वितरण गर्ने सो परिपाटीलाई अहिले ओली सरकारले पनि निरन्तरता दिएको देखिएको छ । खर्च माग गरिएका ३ हजार निवेदनको चाडँ नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधिमा स्पष्ट रुपमा कस्तो व्यक्तिलाई कति रुपैयाँसम्म दिने भन्ने उल्लेख भए पनि सरकारले भने वेपर्वाह दलका नेता तथा कार्यकर्तालाई रकम वितरण गरिरहेको छ । अर्थिक सहायता पाउन माग गर्दै गृहमन्त्रालयमा अझै ३ हजार भन्दा बढी निवेदन थन्किएको सुचना अधिकारी चुडामणी अधिकारीले बताए ।

उनले हाम्रो डक्टरसँग भने, अहिले मन्त्रीपरिषद बैठकले निर्णय गर्नुपर्ने भएका हुनाले आर्थिक सहायता रकम वितरणमा, अलि कम गरिएको, गृह मन्त्रालयमा ३ हजार बढी निवेदन थन्किएका छन् ।

सरकारले राज्यकोषको दुरुपयोग गर्याे ः अर्थसमिति प्रतिनिधीसभाको अर्थ समितिले पटकपटक नियम मिचेर रकम वितरण नगर्न निर्देशन दिँदै आएको छ । तर सरकारले अटेर गर्दै सरकारले कार्यकर्ता र नेतालाई रकम वितरण गरेको हो ।

सरकारले आर्थिक सहायता र उपचार खर्चका नाममा राज्यको ढुकुढी दोहन गरेको अर्थ समितिको दावी छ । सोही नाममा वितरण गर्दै आएको रकम ज्यादै न्यून मात्र वास्तविक पीडितसम्म पुग्ने गरेको प्रतिनिधीसभाका अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल बताउँछन् । सरकारले सहायता र उपचार खर्चका नाममा सरकारले वार्षिक करोडौं रुपैयाँ दुरुपयोग गरेको छ, अधिकांश रकम पहुँचवाला कार्यकर्ता र नेताका पोल्टामा पुगेको छ । उनले हाम्रो डक्टरसँग भने । यसबारेमा समितिले सरकारलाई पटक पटक निर्देशन दिदासमेत सरकारले नमानेको उनले बताए ।

Last modified on 2019-03-28 07:18:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts