स्वयंसेवी संस्था माउन्टेनहार्ट नेपालले बाँड्यो पाठ्यपुस्तक

What's This?


Download our app to get more features

आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका आम मानिसहरुलाई गुणस्तरीय स्वास्थ्य सेवाका साथसाथै शिक्षा र सामाजिक उत्थानमा सहयोग पुराउने उदेश्यले स्थापना भएको माउन्टेन हर्ट नेपालले किर्तिपुरमा रहेको बेबी लाइफ होममा पाठ्यसामाग्री वितरण गरेको छ ।

उक्त होममा ३ वर्ष देखि १५ वर्षसम्मका २३ जना एच. आइ. भी. सक्रमित बालबालिका रहेका छन् । बालबालिकाको निम्ति किताव, कापी लगायत सामाग्री हस्तानतरण गर्दै माउन्टेन हर्ट नेपालका डा. अवन गौतमले आगामी दिनमा पनि यस्ता सामाजिक कामहरुलाई निरन्तरता दिने बताउनुभयो । संस्थाले यसै बेबी लाइफ होममा चार महिना अघि भूकम्प पछि परेको मनोवैज्ञानिक असरलाई कम गर्न मनोरन्जनात्मक कार्यक्रम संचालन गरेको थियो ।

Last modified on 2016-03-07 11:05:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts