न्यूनतम पारिश्रमिक लागू नभए संघर्षमा उत्रने नर्सिङ संघको चेतावनी



Download our app to get more features

काठमाडौं, १४ चैत । मुलुकभरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई न्यूनतम पारिश्रमिक लागू नभए कडा संघर्षमा उत्रने नेपाल नर्सिङ संघले चेतावनी दिएको छ ।

संघले विज्ञप्ति जारी गर्दै काठमाडौं, चितवन, लगायत मुलुकका विभिन्न स्वास्थ्य संस्थामा कम्पनी प्रा.ली.को नाममा आउट सोर्सिङको माध्यमद्वारा दक्ष जनशक्तिलाई अति न्यून तलव भत्तामा काम लगाएर श्रम शोषण गरेको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको छ ।

श्रम ऐन लागु भइसकेको अवस्थामा पनि बिरामीको २४ सैं घन्टा सेवा गर्ने नर्सहरुको श्रम शोषण गर्नु निन्दनीय भएको भन्दै संघले कानुन अनुसारको काम नगरे कडा कदम चाल्न बाध्य हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Last modified on 2019-03-29 21:27:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts