सकियो कर्मचारी समायोजनः स्वास्थ्यका झन्डै २७ कर्मचारीको समायोजन, ६ सय ५७ फाजिलमा



Download our app to get more features

काठमाडौं, १४ चैत । कर्मचारी समायोजन सकेसँगै स्वास्थ्य समूहका झन्डै २७ हजार ३ सय ३ जना कर्मचारीको समायोजन पनि टुङ्गिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विहिबार पत्रकार सम्मेलन गरि कर्मचारी समायोजन टुङ्गिएको जानकारी दिएको हो ।

समायोजनको काम टुङ्गिएपनि स्वास्थ्य समूहका कर्मचारीको समायोजन सूची भने सार्वजनिक भइसकेको छैन ।

पत्रकार सम्मेलनमा स्वास्थ्य बाहेकका सबै क्षेत्रको कर्मचारी समायोजनको सूची सार्वजनिक गरिएपनि स्वास्थ्य समूहका कर्मचारीको सूची भने सार्वजनिक गरिएको छैन ।

स्वास्थ्यको समायोजनको लिष्ट किन सार्वजनिक नभएको भन्ने प्रश्नमा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्वास्थ्य अन्र्तगतका कर्मचारीले ढिलो गरि फारम भरेका र केहि काम अझैं बाँकी रहेकोले ढिलाई भएको बताए । 

उनले भने,‘लिष्ट तयारी भइसकेको छ । तर प्रकाशित गर्नुपूर्व केही सामान्य काम गर्नु बाँकी रहेकोले ढिलाई भएको हो । अबको केहि दिनमै स्वास्थ्य समूहका कर्मचारीको पनि लिष्ट सार्वजनिक गर्नेछौं ।’

सामान्य प्रशासनले निजामती र स्वास्थ्यका गरी झन्डै एक लाख ३१ जना कर्मचारी समायोजन गरेको तथ्यांक आज सार्वजनिक गरेको हो । जसमा स्वास्थ्यका ६ सय ५७ जना कर्मचारी फाजिलमा परेका छन् ।
 

Last modified on 2019-03-29 21:27:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts