कान्ति अस्पतालमा शैया कम हुँदा बिरामीलाई सास्ती

What's This?


Download our app to get more features
Spark_health_home

काठमाडौँ, २६ जेठ । नेपालको जेठोे अस्पताल कान्ति बाल अस्पतालमा आइसियु (सघन उपचार कक्ष) मा शैया कम हुँदा थुप्रै बिरामी अन्य निजी अस्पतालमा जान बाध्य छन् । 
केही दिनअघि आफ्नो, छोरीको उपचर गर्न त्यहाँ पुगेकी मञ्जु शर्मा आइसियुमा शैया नपाएपछि निजी अस्पतालमा गएर बच्चाको उपचार गरेको बताइन् । 

कान्ति बाल अस्पतालमा १८ वटामा सघन उपचार कक्ष छन् । देशका विभिन्न स्थानबाट आकस्मिक कक्ष र बहिरङ्ग कक्षमा गरी झन्डै सात सय बिरामी बच्चा लिएर अभिभावक आउने गरेको अस्पतलाका वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्ण पौडेल बताउँछन् । तीमध्ये १० प्रतिशत अर्थात् ७० जनालाई आइसियुको आवश्यकता पर्ने उनको अनुभव छ । 

आइसियुमा श्यया नपाएर दैनिक १० जना बिरामी अन्य अस्पतालमा जानुपर्ने बाध्यता छ । हाल अस्पतालमा नवजात शिशु अर्थात् २८ दिनसम्मको शिशु राख्नका लागि आठ वटा श्यया २८ दिनदेखि १४ वर्षसम्मका बच्चा राख्नका लागि छ वटा शैया र शल्यक्रिया पछि राख्नका लागि चार वटा शैया सघन उपचार कक्षमा छन् । 

अस्पतालका प्रशासकीय अधिकृत तथा व्यवस्था खरिद एकाइ प्रमुख टीकाराम ढकाल केही महिलाभित्रै सघन उपचार कक्षलाई ५२ श्ययाको बनाउन लागिएको बताउँछन् । 

उनले अहिले टेन्डर प्रक्रिया भई सामम्री खरिद प्रक्रियामा अगाडि बढेको जानकारी दिए । ‘अहिले सघन उपचार कक्षको पूर्वाधार र अस्पताल उपचार उपकरण समेत खरिद गर्ने कार्य भइरहेको छ ।’ उनले भने, ‘हामी पुनः महिनाबाट सेवा सञ्चालनमा ल्याउने गरी कार्य अगाडि बढाइरहेका छौँ ।’

अस्पतालका आर्थिक प्रशासन प्रमुख रामकृष्ण पन्थी त्यसका लागि चाहिने अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) पनि खरिदको अन्तिम चरणमा पुगेको बताए । उनले अस्पतालमा दैनिक ४० देखि ५० वटा अक्सिजन सिलिन्डर खपत हुँदै आएको त्यसका लागि वार्षिक ६० लाखभन्दा बढी रकम खर्च भइरहेको जानकारी दिए । 

५२ शैयाको सघन कक्ष सञ्चालनमा आएपछि भने १०० सिलिन्डर प्रयोग हुने भएकाले अस्पतालले अक्सिजन जेनेरेटर प्लान्ट खरिद गर्न लागेको अस्पतालले जनाएको छ । 

मेसिन ल्याएपछि अस्पतालमै १७० सिलिन्डर अक्सिजन उत्पादन हुने भएकाले बढी भएमा अन्य अस्पताललाई सुपथ मूल्यमा बिक्री गर्न सकिने छ । 

 

रासस
 

Last modified on 2016-06-08 17:41:43

alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts